Comments Add Comment

गाउँपालिकाको केन्द्र नसार्न अन्तरिम आदेश


८ फागुन, राजविराज । उच्च अदालत जनकपुरको राजविराज इजलासले तिलाठी कोइलाडी गाउँपालिकाको नाम र केन्द्र परिर्वतन गर्ने निर्णय कार्यान्वयन नगर्न दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीश मोहनबहादुर कार्की र राकेशकुमार निधिको इजलासले गाउँपालिकाको नाम र केन्द्र परिर्वतन नगर्न र यथास्थानमै कार्यालय चलाउन भनेको हो ।

माघ २० गते तिलाठी-कोइलाडी गाउँपालिकाको बैठकले कार्यालय साविकका तिलाठी गाविसबाट कोइलाडी गाविसमा सार्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment