+
+
Shares

सप्तरीमा दुई स्थानीय तहको केन्द्र सारियो, विरोधमा रिले अनशन

एस.के. शान एस.के. शान
२०७४ माघ २३ गते १९:५७


२३ माघ, सप्तरी । माघ २० गते तिलाठी-कोइलाडी गाउँपालिकाको बैठकले कार्यालय साविकका तिलाठी गाविसबाट कोइलाडी गाविसमा सार्ने निर्णय गर्‍यो । त्यसको भोलिपल्टै आक्रोशित तिलाठीका बासिन्दाले गाउँसभाका लागि बनाइएको टेन्ट तोडफोड गर्दै आगजनी समेत गरे ।

घटनापछि माघ २३ गते कोइलाडीमै गाउँसभा गरियो । गाउँसभाले कार्यालय सार्नेमात्रै होइन नामसमेत परिवर्तन गर्ने निर्णय गर्‍यो । तिलाठी-कोइलाडी गाउँपालिकाको नाम खाँडो-जिता राख्ने निर्णय गरिएको छ । पहिला दुई गाउँको नामबाट गाउँपालिकाको नामाकरण गरिए पनि अहिले दुई नदीको नामबाट नामाकरण गरियो ।

गाउँपालिका अध्यक्ष सतिश सिंह भन्छन् ‘साविकको तिलाठी गाविस अरुतिरको बासिन्दाका लागि पायक पर्ने ठाउँ नभएकाले कार्यालय सार्ने निर्णय गरिएको हो ।’

साविकको कोइलाडी गाविसको जिरिया हटियामा गाउँपालिकाको कार्यालय राख्ने निर्णय भएको र अधिकांशले यो निर्णयको स्वागत गरेको उनको भनाइ छ । तिलाठीमा पुग्न बभनगामाकट्टी, सकरपुरा, बर्साइनसहितका बासिन्दालाई सहज नभएको र अहिले राखेको ठाउँमा सबैलाई सहज हुने अध्यक्ष सिंहको भनाइ छ ।

स्थानीयको रिले अनशन

नाम परिवर्तन गरी केन्द्र सारिएको विरोधमा तिलाठीका बासिन्दाहरुले आन्दोलन शुरु गरेका छन् । सीमाका लागि भारतीयसँग लडेका देवनारायण यादवसहितका तिलाठीका बासिन्दाले आन्दोलन स्वरुप मंगलबारदेखि रिले अनशन शुरु गरेका छन् ।

बेल्ही चपेनामा पनि त्यस्तै

बेल्ही चपेना गाउँपालिकाको कार्यालय पनि हालै सार्ने निर्णय गरियो । पहिला वडा नम्बर ४ बेल्ही चपेनामा रहेको कार्यालय वडा नम्बर ३ नर्घाेमा सारिएको छ ।

वडा नम्बर ४ का वासिन्दाका अनुसार अध्यक्ष परमानन्द यादवले कार्यालय आफ्नो गाउँ नर्घाेमा लगेका हुन् । यद्यपि अध्यक्षको यो कदमको उपाध्यक्षले नै विरोध गरेकी छन् । ‘बिना बैठक अध्यक्षले षडयन्त्रपूर्ण माइन्यूट लेखेर हस्ताक्षर गर्न लगाए’ गाउँपालिका उपाध्यक्ष पुष्पमाला देवी मण्डलले भनिन्, ‘चार वडा अध्यक्षसहित पाँच जनाले माइन्यूटमा हस्ताक्षर गरे । तर दुई वडा अध्यक्ष र मैले माइन्युटमा हस्ताक्षर गरेका छैनन् ।”

अध्यक्ष यादव र उपाध्यक्ष मण्डल दुबै नेपाली कांगे्रसबाटै निर्वाचित भएको भए पनि केन्द्र सार्ने निर्णयले उनीहरुबीच मनमुटाव भएको छ ।

मुद्दा हाल्ने चेतावनी 

गाउँपालिकाको कार्यालय सार्ने निर्णयविरुद्व दुबै गाउँपालिकाका बासिन्दाले अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन् । कार्यालय मनोमानी तरिकाले सारिएकाले मुद्दा हाल्ने तयारी गरिएको नयाँ शक्ति पार्टीका स्थानीय नेता डम्बरनारायण साहले बताए ।

अन्यत्रै कार्यालय लैजान लागेको विरोधमा टेन्ट तोडफोड गरेका तिलाठीका बासिन्दाले पनि अदालतमा मुद्दा दिन लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?