
२३ वैशाख, काठमाडौं। जम्मुकाश्मिरको पहलगाम घटनापछि उत्पन्न विवादलाई लिएर भारतले पाकिस्तानतर्फ बग्ने चेनाव नदीलाई रोकिदिएको छ ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सलाल बाँधको एउटा मात्रै ढोका खोलेर पाकिस्तानर्फ बग्ने चेनाव नदीको प्रवाहलाई भारतले रोकिदिएको हो ।
बीजेपी आईटी सेलका प्रमुख अमित मालवीयले सलाल बाँधको गेट बन्द गरेको एउटा भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले लेखेका छन्, ‘भारतको हितमा कडा फैसला लिनको लागि राजनीतिक इच्छाशक्ति हुनुपर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो फैसलामा यो काम गरेर देखाएका छन् ।’
VIDEO | Jammu and Kashmir: Visuals of Salal Dam on #ChenabRiver in Reasi district. Only one gate of the dam is open restricting water flow to Pakistan.#JammuAndKashmir
(Full video available on PTI Videos – https://t.co/n147TvqRQz) pic.twitter.com/48mnMnfe7m
— Press Trust of India (@PTI_News) May 6, 2025
तर यसबारेमा मोदी सरकारले आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।
के हो सलाल बाँध परियोजना ?
समाचार एजेन्सी एएनआईले एक भिडियोमार्फत देखाएका छन् की भारतले नदीको प्रवाह रोकिदिएपछि पाकिस्तानतर्फ बग्ने चेनावको जलस्तर स्वात्तै घटेको छ ।
It takes political will to make tough decisions in India’s interest, and Prime Minister Modi has demonstrated that through his actions. This is the muscular Modi Doctrine, firm and unwavering in its fight against terrorism. Water and the blood of our citizens cannot flow… https://t.co/mIuvratmqx
— Amit Malviya (@amitmalviya) May 5, 2025
सलाल बाँध परियोजना एक जलविद्युत परियोजना हो। यो परियोजनाबाट आउने बिजुलीको पहुँच जम्मुकश्मिरका साथै उत्तरप्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, हिमाञ्चल प्रदेश, चण्डीगढ तथा राजस्थानसम्म रहेको छ ।
जम्मुको रिसायी जिल्लामा अवस्थित यो बाँध जिल्ला मुख्यालयबाट करिब २३ किलोमिटर टाढा रहेको छ ।
सलाल बाँधबाट करिब ६९० मेगावाट बिजुली उत्पादन हुन्छ । यो भारत सरकारको अधीनमा आउने एनएचपीसी (नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन)को प्रोजेक्ट हो । जुन पानीबाट उत्पादन हुने बिजुली उत्पादन गर्ने सबैभन्दा ठूलो र अगाडि छ ।
चेनाव नदीमाथि बनाइएको यो सलाल बाँध एउटा चट्टानसरी भएर बसेको छ । यो परियोजना जम्मुको रामवनमा चेनाव नदीमाथि अवस्थित बगलिहार बाँधको मुनि रहेको छ ।
पहलगाम हमलापछि भारतले पाकिस्तानसँग सिन्धु जल सम्झौता रद्द गरिदिएको छ । यसबारे पाकिस्तानको तर्फबाट चिन्ता व्यक्त गरिएको छ।
#WATCH | Jammu and Kashmir: The Chenab River witnessed a significant drop in water levels in the Reasi district after the closure of gates at the Salal Dam. pic.twitter.com/FITFjKxc8F
— ANI (@ANI) May 5, 2025
सलाल बाँधसँग जोडिएको पुरानै विवाद
सन् १९६० मा भारत र पाकिस्तानको बीचमा भएको सिन्धु जल सम्झौताको समयमा वर्ल्ड बैंकले धेरै ठूलो भूमिका निभाएको थियो । त्यतिबेला सन् १९६५ तथा १९७१ मा भएको भारत पाकिस्तान युद्धको क्रममा यो सम्झौतामा अलिकति पनि आँच आएको थिएन ।
यो परियोजनामा त्यतिबेला विवाद बढ्यो जतिबेला भारतले पश्चिमी नदीमाथि परियोजना बनाउन सुरू भयो । तर पाकिस्तानलाई भने यो परियोजना बनेपछि पाकिस्तानको लागि पानी निक्कै कम प्रवाहमा हुनेचिन्ता थियो।
पछि दुवै देशका विशेषज्ञहरू बसेर सन् १९७८मा सलाल बाँधमाथि विवादलाई समाधान गरेका थिए । सन् २००५मा यो विषयमा ठुलो विवादास्पद भएको थियो किनकी भारत एक्लैले बगलिहार परियोजना बनाउने निर्णय गरेको थियो । तर पाकिस्तानले यस्तो फैसलाले आफ्नो क्षेत्रतर्फ आउने पानीमाथि भारतले नियन्त्रण गर्ने अधिकार लिन सक्ने र जतिबेला पनि धावा बोल्न सक्ने भनेर गुनासो गरेको थियो । यो विवाद पछि सन् २००७ मा विश्व बैंकको मध्यस्ततामा समाधान गरिएको थियो ।
यस्तै किसनगंगा परियोजनामा पनि भारत र पाकिस्तानबीच विवाद बढेको थियो । यो मुद्दामा अन्तराष्ट्रिय मध्यस्तताको खाँचो परेको थियो जसको फैसला सन् २०१३मा भएको थियो। सिन्धु आयोगको बैठकले यो विवादलाई समाधान गर्न महत्वपूर्ण भूमिका निभाएको थियो ।
किशनगंगा झेलम नदीको एउटा सहायक नदी हो जसले जम्मुकश्मिरको बान्दीपोरा जिल्लामा आएर मिल्दछ । किशनगंगा परियोजना पनि एनएचपीसीको प्रोजेक्ट हो ।
भारत सरकारको तथ्यांक अनुसार बगलिहार १ प्रोजेक्ट सन् २००८मा पूरा भएको थियो ।जबकी बगलिहार २ सन् २०१५मा पूरा भएको थियो । त्यही वर्ष सलाल-१ तथा २ प्रोजेक्ट सन् १९८७ मा बनेर तयार भइसकेको थियो । जबकी किशनगंगा परियोजना सन् २०१८मा मात्रै पूरा भएको थियो ।
त्यसमध्ये बगलिहार राज्य सरकारको परियोजना थियो। जबकी सलाल तथा किशनगंगा परियोजना भारतको केन्द्र सरकारको अधीनमा रहेको छ ।
सम्झौतामा के थियो ?
समाचार एजेन्सी रोयटर्सका अनुसार सिन्धु जल सम्झौता रद्दपछि पहिलो पटक भारतले तनावका बीच यो सन्धि अनुसार बाँधमा आफ्नो कदम चालेको छ ।
सन् १९६० मा भारत तथा पाकिस्तानको बीचमा भएको सिन्धु जल सम्झौतालाई आधार मानेर दुवै देशको बीचमा सिन्धु र यसको आसपासमा रहेका सहायक नदीको प्रयोग गर्ने सहमति बनेको थियो । जसमा झेलम, चेनाव, रावी, व्यास तथा सतलज नदी समावेश थिए ।
उक्त सन्धिअनुसार सिन्धु, झेलम तथा चेनावको पानी पाकिस्तानलाई दिने सहमति भएको थियो भने रावी, व्यास र सतलजको पानी भारतलाई दिने सहमति भएको थियो ।
यसमा भारतले आफ्नो क्षेत्रमा रहेको नदीको पानी केही अवपादलाई छाडेर बिनारोकटोक प्रयोग गर्न सक्नेछन् । त्यहीकुरा पाकिस्तानको क्षेत्रमा पर्ने नदीको पानी पानीको प्रयोग भने केही सीमिति अधिकार भारतलाई पनि दिइएको थियो।जस्तो बिजुली बनाउनु, कृषि कर्मका लागि सीमित अधिकारका लागि पानीको प्रयोग गर्न सकिनेभन्ने सन्धि थियो।
त्यसमा भौगोलिक आधारमा सिन्धु, झेलम तथा चेनाव नदीको पश्चिमी नदीको नामले चिनिने गरिन्छ । जबकी अन्य तीन नदीहरूलाई भने पुर्वी नदी भनेर चिनिन्छ ।
यो सबै नदीहरू हिमालबाट निस्किन्छ र भारतीयसीमामा अन्य पाँच सहायक नदीहरू सिन्धु नदीमा मिसिन्छ । फेरि यो पाकिस्तानको पञ्जाब तथा सिन्ध क्षेत्र हुँदै कराँचीको दक्षिण अरब सागरमा गएर मिसिन्छ । एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4