
काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतक चलचित्रकर्मीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बिरामी ३ र मृतक १ जना चलचित्रकर्मीको परिवारलाई अर्थ सहयोग उपलब्ध गराइएको हो ।
मस्तिष्कमा रक्तस्राव भएर ग्रिनसिटी अस्पतालमा उपचार गराइरहेका निर्देशक सन्तोष ढकालको परिवारलाई १ लाख रुपैयाँ नगद प्रदान गरिएको छ ।
दिवंगत प्राविधिक श्रीकृष्ण तिमल्सिनाको परिवारलाई काजक्रियाको लागि ५० हजार रुपैयाँ, खुट्टा भाँचिएका कलाकार गोकुल सुवेदीलाई ४० हजार र सिरोसिस भएका प्राविधिक उमेश श्रेष्ठको परिवारलाई १ लाख नगद प्रदान गरिएको हो ।
बोर्ड अध्यक्ष दिनेश डीसी, कोषकी अध्यक्ष वसुन्धरा भुसाल, सदस्यद्वय मोहन निरौला र पुष्कर लामाको समूहले विरामीको घर, अस्पताल र मृतकको क्रियापुत्री भवनमा गएर आर्थिक सहयोग प्रदान गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4