+
+
Shares

भारतमा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई समात्न प्रहरीले गोली चलायो, नेपाली घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते २०:१२

२३ वैशाख, काठमाडौं । भारतीय प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एउटा गिरोहलाई समात्न गोली चलाएको छ ।

उत्तर प्रदेशको बाराबंकी शहरमा तीन जना अभियुक्तलाई समात्न प्रहरीले गोली चलाएको भारतीय अखबार दैनिक भास्करले जनाएको छ ।

मंगलबार बिहान राति रेन्दुवा पल्हडी मोडमा प्रहरीले शंकास्पद व्यक्तिहरु रहेको सूचनाका आधारमा खोजी कार्य थालेको भनिएको छ ।

त्यसक्रममा मोटरसाइकलमा सवार उनीहरुलाई रोक्ने कोशिस गरिएको तर, उल्टै प्रहरीतर्फ गोली चलाएपछि जवाफी कारबाही गर्नु परेको भनिएको छ ।

पक्राउ पर्नेमा नेपाली नागरिक टीलु पहाडी भनिने तिलक थापा, बिहारका मोहम्मद साजिद अन्सारी र मोहम्मद खुर्शीद छन् ।

प्रहरीको गोली लागेर घाइते थापाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । दुई भारतीय नागरिकलाई भने केही भएको छैन ।

थापाले भारतमा चोरिएका मोटरसाइकल नेपालमा ल्याएर विक्री गर्ने गरेको भनिएको छ । यो गिरोहबाट चोरीका ५ वटा मोटरसाइकल, ८८ ग्राम चाँदी, २ हजार १९० रुपैयाँ नगद र .३१५ बोरको हतियार र केही गोली बरामद भएको भनिएको छ ।

थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?