+
+

जाडोले सप्तरीको जनजीवन प्रभावित, आगो ताप्न दाउरा उपलब्ध गराइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते ११:१४
Photo Credit : Binay Karna

२४ पुस, सप्तरी । सप्तरीमा मंगलबार साँझबाट एक्कासी जाडो बढेपछि जनजीवन प्रभावित भएको छ ।

अत्यधिक जाडोसँगै चलेको चिसो हावाले सदरमुकाम राजविराज सहित ग्रामिण भेगको जनजीवन प्रभावित बनेको हो ।

शितलहर चलेकाले जाडो छल्न राजविराज नगरपालिकाले नगरक्षेत्र भित्र आगो ताप्न दाउरा उपलब्ध गराएको कार्यवाहक नगर प्रमुख ईसरत परवीनले जानकारी दिइन् । ‘नगरपालिका भित्रका थप स्थानहरुमा आज साँझदेखि भोलिसम्ममा दाउरा उपलब्ध गराइ आगो ताप्ने व्यवस्था मिलाउँदै छौं’ उनले भनिन् ।

अत्यधिक जाडोकै कारण सप्तरीको राजगढ गाउँपालिकाले एक साताका लागि विद्यालयहरु बन्द गरेको छ । विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दे वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरी पालिकाका विद्यालयहरुमा बिदा दिइएको हो ।

पुस २४ देखि माघ १ गतेसम्म विद्यालयहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?