Comments Add Comment

मनाङलाई हराउँदै आर्मी फाइनलमा

९ फागुन, हेटौंडा । मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी हेटौंडा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको सेमिफाइनलमा आर्मीले पहिलो संस्करणको विजेता मनाङलाई १-० गोल अन्तरले हराएको हो । अघिल्ला दुई संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका थिए । यो जितसँगै आर्मी तेस्रो पटक हेटौंडा गोल्डकपको फाइनलमा प्रबेश गरेको हो ।

निक्कै प्रतिस्पर्धात्मक खेलमा आर्मीका लागि ९० मिनेटमा जर्ज पि्रन्स कार्कीले विजयी गोल गरेका हुन् । आर्मीका विमल पाण्डे म्यान अफ द म्याच घोषित भए ।

भोलि दोस्रो सेमिफाइनलमा नेपाल प्रहरी र शंकटा क्लब भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment