Comments Add Comment

ट्वाइलेटमा भन्दा मोबाइलमा धेरै हुन्छन् रोगका किटाणु !

खाना खाइरहँदा पनि मोबाइल चलाउन नछोड्ने हामीमध्ये धेरै छौं । तर, यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने चाहिँ हामीमध्ये कमैलाई थाहा छ ।

यस्ता धेरै कुराहरु छन्, जसमा रोगका किटाणुहरु हुन्छन् भनेर हामी कल्पना पनि गर्दैनौ । फोहोर टाँसिएको रोटीमा भन्दा बढि किटाणु तपाईंको बाथरुममा टाँगिएको ब्रश होल्डर वा वालेतटमा राखिएको नोटमा हुन सक्छ । यहाँ हामी दैनिक प्रयोगमा आउने यस्तै सबैभन्दा फोहोर र किटाणु भरिएका चिजहरु बारे जानकारी गराउँदैछौ ।

सेलफोन

मोबाइल फोन आजको समयमा मानिसहरुको आधारभूत आवश्यकता बनिसकेको छ । यो यस्तो चिज हो जसलाई मानिसहरुले हदरमै आफ्नै साथमा बोकेका हुन्छन् । तर, तपाईंले बोक्ने यही मोबाइल फोनमा तपाईंले प्रयोग गर्ने ट्वाइलेटमा भन्दा १० गुणा बढि किटाणुहरु हुन सक्छन् ।

मोबाइल फोनमा लागेका किटाणु र ब्याक्टेरियाले गर्दा डायरिया र पेटको रोग लाग्न सक्छ । त्यसैले चौबिसै घन्टा मोबाइल साथमा बोक्ने व्यक्तिहरुले हरेक २ घन्टामा एक पटक सावुन पानीले हात धुनुपर्छ ।

रिेमोट कन्ट्रोल

रिमोट कन्ट्रोल यस्तो डिभाइस हो, जसलाई परिवारका हरेक सदस्यले चलाएका हुन्छन् । बच्चाहरु त कहिलेकाहीँ यसलाई मुखभित्र पनि हाल्छन् । तर, रिमोट कन्ट्रोलमा पनि अत्यधिक भाइरस र ब्याक्टेरिया हुन सक्छन्, जुन तपाइर्ंलाई बिरामी बनाउन पर्याप्त छ । त्यसैले रिमोटलाई दैनिक दुई-तीन पटक एन्टिब्याक्टेरियल सलुसनले पुछ्ने गर्नुस ।

कम्प्युटर कि बोर्ड

तपाईंको कम्प्यूटर वा ल्यापटपको कि बोर्डले पनि तपाईंलाई रोगी बनाइदिन सक्छ किनकि यसमा पनि प्रशस्त भाइरस र ब्याक्टेरिया रहेका हुन्छन् । कामका दौरान तपाईं कहिलेकाहीँ किबोर्ड नजिकै खाने पिउने गर्नुहुन्छ, वा बच्चाहरु खेल्न थाल्छन् । यसका अलावा दिनभर चलाइरहँदा यसमा जम्र्सहरु जम्मा हुन्छन् । त्यसैले किबोर्डमा काम गर्नुभन्दा अगाडि यसलाई अल्कोहल सलुसनले सफा गर्नुपर्छ ।

भाँडा माझ्ने स्पोन्ज

घरमा रहेका अत्यधिक ब्याक्टेरिया र जम्र्सयुक्त सामानहरुमध्ये भाँडा माझ्ने स्पोन्ज वा स्क्रबर पनि एक हो । यसको कारण के हो भने यसमा धुलो र जुठो खानेकुरा टाँसिएको हुन्छ । यो धेरैजसो समय चिसो रहने हुनाले तपाईंको स्वास्थ्यका लागि खतरनाक पनि हुन सक्छ ।

टुथ ब्रश होल्डर

दाँतलाई जम्र्सबाट बचाउनका लागि तपाईं टुथब्रसको प्रयोग गर्नुहुन्छ । ब्रस गरिसकेपछि यसलाई तपाईं पानीले पखाल्नु त हुन्छ, तै पनि यसमा केही मात्रामा जम्र्सहरु बाँकी नै रहेका हुन्छन् । यसले तपाईंलाई रोगी बनाइदिन सक्छ । तपाईंको वाशरुममा रहेका चिजहरुमध्ये सबैभन्दा बेसी जम्र्स ब्रश वा ब्रश होल्डरमा रहेको हुन्छ ।

पैसा

पैसा यस्तो चिज हो जुन सबैभन्दा बढि हातले प्रयोग हुन्छ । यति धेरै हातहरु र ठाउँबाट गुज्रँदा पैसामा हानिकारक ब्याक्टेरियाहरु टाँसिन पुग्छन् । यसका अलावमा केही मानिसहरु नोट गन्नका लागि थुकको पनि प्रयोग गर्छन् । जसले गर्दा ठूलो परिमाणमा भाइरस उनीहरुको मुखबाट पेटसम्म पुग्छ । एक अनुसन्धानका अनुसार एउटा नोटमा लगभग ३ हजार अलग-अलग भाइरस रहेका हुन्छन् । नोटलाई छुँदा तपाईंको हातमा भाइरस वा ब्याक्टेरिया सर्छन् र तपाईर्ं बिरामी पर्नुहुन्छ ।

वालेट वा पर्स

पर्स वा वालेको प्रयोग प्राय घरबाट बाहिर जाँदा गरिन्छ  दिनभरी यसलाई छोइरहँदा तथा पैसा सिक्का आदि राख्दा यसमा पनि थुप्रै भाइरस तथा ब्याक्टेरिया आउन सक्छन् । यसका अलावा पर्सलाई तपाईं कहिलेकाहीँ पसलको काउन्टरमा, बाथरुमको स्टल्समा वा कारको सिटमा राखिदिनुहुन्छ । यसले गर्दा यो निकै फोहोर भइसकेको हुन्छ ।

एटीएम मेसिन

एटीएम मेसिनको प्रयोग दिनभरमा सयौं व्यक्तिहरुले गेका हुन्छन् । उनीहरु सबैको हातबाट हजारौं प्रकारका भाइरस र ब्याक्टेरियाहरु एटीएम मेसिनको बडी र कि प्याडमा सरेका हुन्छन् । तर।, एटीएम प्रयोग गर्दा तपाईंलाई यो कुराको ध्यानै हुँदैन ।

वासरुम ह्यान्डल

वासरुममा सावुन-पानीले हात धोएर बाहिर निस्किँदा तपाईंलाई लाग्दो हो कि कुनै खतरा छैन । तर जब बाहिर निस्कनलाई तपाईं ढोकाको ह्यान्डल समाउनु हुन्छ, त्यसबाट अनेकन भाइरस र ब्याक्टेरियाहरु तपाईंको हातमा सर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment