Comments Add Comment

तक्मे बुढाको भान्साः के पाक्दैछ ?

तक्मे बुढा अर्थात विल्सन बिक्रम राईलाई चिन्नेजान्नेहरु भन्छन्, ‘भाते ।’ उनी भातका सौखिन । तक्मे स्वंम स्विकार्थे, ‘दिनमा चार/पाँच पटक भात बजाइन्छ नि हौ ।’

दाल, भात भनेपछि हुरुक्कै हुने विल्सन बिक्रमको पुट्ट पेट पनि देखियो । ‘तक्मे बुढा’ क्यारेक्टरका लागि त यो भुँडी ‘कथाले मागेजस्तै’ थियो । तर, विल्सनकै लागि भने त्यो ‘रोगको भारी’ थियो । अन्ततः उनी भुँडी घटाउने चक्करमा लागे । त्यसको पहिलो सर्त थियो, भातमा व्यापक कटौती ।

उनले आफ्नो मेनुबाट भात मात्र होइन, मासु पनि कटौती गरे । ‘भात त टोटल्ली छाडे हौ’ अनलाइनखबरसँग उनले भनेका थिए, ‘अब त बन्दा खाइँदैन नि ।’

‘स्लिम’ हुनका लागि उनले भात छाडे । चिल्लो, चाप्लो, मसलेदार खानेकुरा त्यागे । र, मस्त हिँड्न थाले । नभन्दै उनी फिट एन्ड फाइन देखिए । लागेथ्यो, अब तक्मेलाई मिठो-मसिनोमा उस्तो अशक्ति छैन ।

तर, भर्खरै मात्र उनले खानेकुरा पकाउँदै गरेको फोटो पोस्ट गरे । मट्टीतेल प्रयोग गरिने स्टोभमा उनी केही खानेकुरा पकाइरहेका थिए ।

हामीले सोध्यौं, ‘फेरि खानपानतिर लागियो ?’

‘हो नि हौ, यसो बाहिर हिँडडुल गर्दा आफैलाई पकाउन मज्जा लाग्छ’ उनले जवाफ फर्काए, ‘त्यही भएर खाना पकाएको ।’

दृश्य रहेछ स्याङ्जाको । त्यहाँ उनी फिल्म ‘रामकाहानी’को छायांकनमा रहेछन् । छायांकनको क्रममा उनलाई खाना पकाउने जाँगर चलेछ । भन्दै थिए, ‘सुटिङमा अरुलाई दुख दिन मन लाग्दैन हौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment