Comments Add Comment

जनता बैक र सिद्धार्थ इन्स्युरेन्सबीच बैंकासुरेन्स


२० फागुन, काठमाडौं । जनता बैक नेपाल लिमिटेड र सिद्धार्थ इन्स्युरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार ग्राहकहरुले जनता बैंकको शाखाकार्यालयहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्तकम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

यसबाट ग्राहकहरुले एकै स्थानबाट बैंकिङ सेवाका अतिरिक्त बीमा सम्बन्धि सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् भन्ने अपेक्षा लिएको छ ।

बैंकको आफ्ना निक्षेप तथा कर्जा ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत झन्झटरहित जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने क्रमको निरन्तरतासँगै उक्त सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा जनता बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठ र सिद्धार्थ इन्स्युरेन्स कम्पनी लिमिटेडका नायब महाप्रबन्धक मुरारी रेग्मीले हस्ताक्षर गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment