Comments Add Comment

अघिल्लो वर्ष समाप्त भएका ५ टेक्नोलोजी

डिजिटल जगतमा ग्याजेट तथा प्रविधिहरु ऋाविष्कार हुने, प्रयोगमा आउने, पूरानो हुँदै गएर लोप हुने क्रम चलिरहेको हुन्छ । गत वर्ष सन् २०१७ मा पनि विभिन्न प्रविधिहरु त्था ग्याजेटहरु देखिए र समाप्त पनि भए । त्यसरी समाप्त भएका मध्ये केही चाहीँ कुनै जमाना प्रविधि जगतमा ठूलै प्रभाव जमाएका चिजहरु थिए ।

सन् २०१७ मा समाप्त भएका ५ टेक्नोलोजी तथा ग्याजेटहरु यी हुन्ः

१. विन्डोज फोनः माइक्रोसफ्टले अन्ततः सन् २०१७ मा आफ्नो विन्डोज फोन समाप्त भएको घोषाणा गर्यो । आफ्नो लगातारको टि्वटमार्फत कम्पनीका कार्यकारी जोए बेलफोरले अबदेखि विन्डोज फोनका लागि नयाँ फिचर्स तथा हार्डवेयर विकास नगरिने घोषणा गरे । तर हाल प्रयोगमा रहेका फोनहरुका लागि भने भाइरस फिक्स र सेक्योरिटी अपडेट उपलब्ध गराइने उनको भनाई छ ।

२. माइक्रोसफ्ट काइनेक्टः एक्सबक्स र एक्सबक्स वन गेमिंग कन्सोलको मोसन सेन्सिंग एसेसरीजको रुपमा रहेको काइनेक्टबाट पनि माइक्रोसफ्टले गतवर्ष हात झिक्यो । यो डिभाइस सन् २०१० मा माइक्रोसफ्टले ल्याएको थियो ।

सन् २०११ मा यो वर्षकै सबैभन्दा छिटो बिक्रि भएको कन्जुमर डिभाइस बनेको थियो । सोही विधामा यसले गिनिज बुकमा नाम पनि लेखाएको थियो ।

३. थ्री डी टिभीः केहीवर्ष अघिसम्म थ्री डी टिभी सबैभन्दा उल्लेख्य टेक्नोलोजीको रुपमा थियो । तर सन् २०१७ सम्म आइपुग्दा एलजी तथा सोनी जस्ता ठूला टिभी कम्पनीले थ्री डी टिभी उत्पादन बन्द गरे । सामसुंगले चाहीँ २०१६ मै यो प्रविधि बन्द गरिसकेको थयो ।

४. एप्पल आइपड सफल र आइपड नानोः सन् २०१७ मा एप्पलले आफ्ना दुई महत्वपूर्ण तथा लोकप्रिय डिभाइसबाट हात झिक्ने निधो गर्यो । आइपड नानो र आइपड सफल एप्पलको एमपी थ्री प्लेयर्सका प्रकार हुन् । यी डिभाइसमा इन्टरनेट कनेक्सन नहुनुका साथै अपडेट पनि गरिएको थिएन ।

५. पहिलो मेसेन्जर एआइएमः एओआइ कम्पनीको मेसेन्जर सर्भिस एआइएम मेसेन्जर सर्भिसको पायोनियर नै थियो । तर २० वर्षे इतिहासमा पूर्णविराम लगाउँदै कम्पनीले सन् २०१७ को डिसेम्बरमा यो सेवा बन्द गर्यो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment