Comments Add Comment

सौन्दर्य, फेशन र योगको सम्बन्ध के छ ?

संसारका हरेक मान्छे सुन्दर बन्न वा देखिन चाहन्छन् । आफुलाई तुलनात्मक रुपमा राम्रो एवं आकर्षक देखाउन चाहन्छन् । तर, सुन्दर कसरी हुने ?

बजारमा अनेकथरी सौन्दर्य प्रशाधन छन् । ब्युटी सलुन छन् । ब्युटी टि्रटमेन्ट छन् । तर, अनुहार वा छाला, कपालको लिपपोत गरेर सुन्दर भइन्छ ? यो प्रश्नसँगै जोडिएर आउने अर्को प्रश्न पनि छ । सुन्दरता के हो  ? कसलाई सुन्दर भन्ने ? यसै सन्दर्भमा बलिउडका चर्चित फेशन डिजाएनर सब्ससाची मुखर्जी र आध्यात्मिक गुरु सद्गुरुबीच वहस भएको थियो । सोही वहसलाई सद्गुरुको ब्लगबाट यहाँ हामीले साभार गरेका छौं ।

सुन्दरता सहजता हो

संचालक- तपाईंको लागि सुन्दरता के हो ?

सब्ससाची मुखजी- सुन्दरताको बारेमा धेरै लेखिएको छ, तर मैले अक्सर यो महसुष गरे कि सुन्दरता वास्तवमा आफु स्वयम्लाई स्वीकार गर्ने र आफुलाई सहजता बनाउने हो । जुन पल तपाईं आफुलाई लिएर सहज हुनुहुन्छ, तपाईं सुन्दर महसुष गर्नुहुनेछ ।

स्टाइल त्यो हो, जब पाँच फुट एक इन्च अग्ला महिला कुनै पार्टीमा हिल नलगाएर फ्ल्याट स्यान्डल लगाउँछिन् । जब तपाईं आफुलाई सहज महसुष गर्नुहुन्छ, तब तपाईंको आत्मविश्वासले अरुलाई आकषिर्त गर्छ । सायद असली सुन्दरता यही हो ।

संचालक- र, एक पुरुषको लागि सुन्दरता के हो ?

सब्यसायी – मेरो विचारमा त्यो पनि सहजता र आरम हो । हेर्नुहोस्, आजको दुनियमा हामी सबैको साथ के हुन्छ । म तपाईंलाई सानो उदाहरण दिन्छु । म योग गर्दिन र कामको दबावको कारण मैले शरीरलाई एकदम हेला गरिरहेको छु । म ध्यानलिंगमा बसेको थिएँ, जबसम्म घण्टी बजेन । एकपटक मैले नितान्त आफ्नै लागि पन्ध्र मिनेट बिताएको थिएँ ।

मेरो विचारमा हामीमध्ये धेरैजसो मान्छे सुन्दर यसकारण महसुष गर्दैना कि, हामी आफु स्वयम्लाई सुन्दैनौ । यही कारण हो कि, हामी सधै राम्रो महसुष गर्नका लागि कपडा, ब्रान्ड, फेशनलाई सुरक्षा कवचको रुपमा प्रयोग गर्छौ । हामीलाई त्यो कुरासम्म थाहा हुँदैन कि हामीमा त्यसको असर पर्‍यो कि परेन । यसको विपरित, समयसँगै उनीहरुको आत्मविश्वास कमजोर भइरहेको हुन्छ । यसैले मेरो विचारमा चाहे पुरुष होस् वा महिला, सुन्दरता भनेको सहजता महसुष गर्नु हो ।

ब्रम्हान्डको हरेक कुरा सुन्दरता हो

संचालक- सद्गुरु, तपाईंका अनुसार सुन्दरता के हो ?

सद्गुरु- यदि कोही सुन्दरताको पारखी छ, तब उसको लागि हरेक यस्ता चिज, चाहे त्यो यन्त्र होस, कमिला, कुनै किट, मान्छे, कपडा वा भवन, जसमा पनि कम से कम संघर्ष छ, सुन्दर हो । म बाल्यकालदेखि नै हरेक किसिमको जीवमा एकदम ध्यान दिन्थे । त्यसमा हेरेर समय बिताउँथे । मैले पाए कि, रंग, ज्यामिति र कार्यकलापको विविधतामा एक नयाँ किराको बनावट पनि एकदम शानदार हुन्छ । तपाईं कुनैपनि जीव हेर्नुहोस्, तपाईं पाउनुहुनेछ कि प्रकृति र क्रमिक विकासले कति सुन्दरताले त्यसको रुप सजाएको छ । न केवल सूर्योदय वा सूर्योस्त जस्ता कुनै ठूलो चिज, जबकी साना-साना जीवको बनावट पनि धेरै सुन्दर हुन्छ ।

यदि तपाईंले अनुमान गर्नुभएको होला कि कुनै किरा आफ्नो आकार र उर्जाको तुलनामा कति क्रियाकलाप गर्छ, तब यो स्पष्ट हुन्छ कि त्यो ज्यमितिय दृष्टिले सम्पूर्ण छ र न्यूनतम संघर्ष एवं टकरावका साथ काम गरिरेका छन् । राम्रो बनावटयुक्त हरेक चिजले मलाई रोमान्चित गर्छ, चाहे त्यो यन्त्र होस् वा भवन होस् वा किरा ।

जहाँसम्म मान्छेको कुरा छ, त जब ऊ आनन्दित र उत्साहित हुन्छ, तब हरेकको अनुहार सुन्दर लाग्छ । शरीरलाई सुन्दर राख्नका लागि थोरै मेहनत गर्नुपर्छ ।

जब म ठूलो हुँदै थिएँ, तब लगभग हामी सबै दुब्लो पातलो थियौं, किनकी हामी शारीरिक रुपले एकदम सक्रिय थियौं । अहिलेका स्कुले बच्चा एकदम मोटो छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment