Comments Add Comment

साहारालाई ट्राइब्रेकरमा हराउँदै मनाङ मर्स्याङ्दी झापा गोल्डकपको सेमिफाइनलमा


२२ फागुन, बिर्तामोड । टाइब्रेकरमा पोखराको साहारा क्लबलाई ४-३ लेहराउँदै मनाङ मर्स्याङ्दी क्लब तेस्रो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित र थपिएको समयमा दुबै पक्षबाट गोल नभएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो ।

टाइब्रेकरमा सहारा क्लबका भीषण गुरुङ र मानबहादुर तामाङ गोल गर्न असमर्थ रहे । मनाङका भने पाँचै जना खेलाडी गोल गर्न सफल भए ।

मनाङले सुरुदेखि नै आक्रमण गरे पनि गोल गर्न सकेन । खेलको ५६ औं मिनेटमा सहाराका डिफेन्डर बिट भइसकेको अवस्थामा मनाङका विदेशी खेलाडी भिक्टोरले गरेको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो । ८५ औ मिनेटमा अञ्जन बिष्टको हेडर बाहिरिएपछि जितका लागि मनाङले टाइब्रेकरमा पर्खिनुपरेको थियो ।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले मनाङलाई निर्धारित समयसम्म रोक्नु सफलता भए पनि टाइब्रेकरमा गोल हुन नसक्नु दुर्भाग्य भएको बताए ।

मनाङका प्रशिक्षक शैलेस कर्माचार्यले सहारा हावाका कारण बल कन्ट्रोल गर्न मुश्किल परेको उनको भनाइ थियो । उनले डोमालाल रंगशाला नेपालकै उत्कृष्ट रहेको भन्दै प्रसंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment