Comments Add Comment

सिन्धुपाल्चोकको स्वारामा आगलागी, १ जनाको मृत्यु

२३ फागुन, सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका–५, स्वारामा मंगलबार राति लागेको आगोमा जलेर एक युवाको मृत्यु भएको छ ।

आगोमा जलेर १९ वर्षीय रेशम सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

आगो टहरामा लागेको थियो । टहरो पूर्ण रुपमा नष्ट भएको जानकारी प्रहरीले दिएको छ ।

मादक पदार्थ सेवन गरी सुतेको र चुरोट निभाउने क्रममा कपडामा आगो सल्केर घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

अस्थायी टहरोमा उनी एक्लै बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment