Comments Add Comment

बसन्तले दिए स्कटल्याण्डको छैटौं विकेट

२४ फागुन, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा नेपालले स्कटल्याण्डसामू १५० रनको लक्ष्य दिएको छ ।

जवाफमा मैदान उत्रिएको स्कटल्याण्डले छैटौं विकेट गुमाएको छ । बसन्त रेग्मीले ३६ औं ओभरको तेस्रो बलमा मार्क वाटको विकेट लिएका हुन् । तर, स्कटल्याण्डलाई अब जितका लागि २५ रन चाहिएको छ र ४ विकेट हातमा छ ।

नेपालका लागि बसन्तसँगै सन्दिप लामिछानेले दुई तथा ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले १-१ ले विकेट दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment