Comments Add Comment

नारायणगढका तरकारी तथा फलफूल व्यवसायी आफैं थोकबजार बनाउँदैं

२७, फागुन, चितवन । नारायणगढको तरकारी तथा फलफूल बजार अस्तव्यवस्त र फोहर भएको भन्ने चर्चा चलिरहेका बेला व्यवसायीहरुले अलग्गै व्यवस्थित बजार स्थापनाको काम अघि बढाएका छन् ।

अहिले भैरहेको लायन्सचोकबाट भरतपुर-२ क्षेत्रपुरबाट बसेनी निस्कने सडकखण्डमा पर्ने करीव तीन विगाहा क्षेत्रफलमा सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार स्थापनाको काम अघि बढेको छ ।

व्यवसायीहरुले कृषि प्रवर्द्धन बजार विकास प्रा.लि. कम्पनी गठन गरेर शेयर मार्फत रकम जुटाएका छन् ।

यो तरकारी तथा फलफूल बजार अहिलेको भन्दा ६ गुणा बढि ठूलो हुनेछ । आगामी असोजसम्म निर्माणको काम सक्ने लक्ष्य छ । सटर १२ वाई ३० फिटका हुनेछन् ।

१ सय ५० वटा ठूला सटर बन्नेछन् । पहिलो चरणमा ५ करोड खर्च हुने अनुमान छ ।

बजारमा प्रर्याप्त खुल्ला ठाँउपनि हुनेछन् । सवारी पार्किङका लागि कुनै समस्या नहुने फलफुल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष थिरप्रसाद धिताल बताए ।

प्रत्येक व्यवसायीबाट १० लाख रुपैयाँ बराबरको शेयर बाँडेर आर्थिक स्रोत जुटाएको अध्यक्ष धितालले बताए ।

व्यवसायीले यो जग्गा १६ वर्षका लागि भाडामा लिएका हुन । जग्गा सम्याउने लगायतका काम भइसकेको छ । सटर निर्माणको काम अघि बढेको छ । लायन्सचोकको थोकबजारमा दैनिक १ करोड बराबरको फलफूल तथा तरकारीको कारोबार हुँदै आएको छ ।

साँघुरो स्थानमा रहेको थोकबजारमा किसानले उत्पादन गरेका कृषिउपज कमै ल्याउने गर्छन् ।

किसानको खेतमै पुगेर व्यवसायीले लैजाने क्रमसमेत बढेको छ । नयाँ थोकबजार सञ्चालनमा आएपछि स्वयम् किसानलेनै बिक्रिका लागि उत्पादीत कृषि उपज पुर्‍याउने अवसर समेत पाउँनेछन् ।

लायन्सचोकमा झण्डैं २४ वर्षदेखि फलफूल तथा तरकारी बजार चलाउँदै आएका व्यवसायीहरु र भरतपुर महानगरका वीचमा भाडा सम्वन्धि विवाद रहँदै आएको छ ।

व्यवसायी र भरतपुर महानगरबीच भएको सम्झौता असार मसान्तमा सकिएपछि टेण्डर आह्वान भएपछि व्यवसायीले विरोध जनाएका थिए ।

६ महिनाभित्र स्थानान्तरण गर्न भन्दै म्याद थप भएको थियो । हाल व्यवसायीले मासिक ८ लाख ५० हजार भाडा बुझाउँदै आएका छन् ।

भरतपुर महानगरपालिकाले निर्माण भैरहेको थोक बजारमा सडक बिस्तार र पीच, बिजुली, पानी एवम् सरसफाइमा सहयोग गर्नेछ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले हाल रहेको थोकबजारमा बहुउद्देश्यीय भवन निर्माण गर्न शहरी विकास मन्त्रालयमार्फत अध्ययनको काम भइरहेको जानकारी दिए ।

यद्यपि हालका लागि भने लायन्सचोकबाट तरकारी तथा फलफूल बजार सरेसँगैं नारायणगढ बजारको अस्तव्यस्त सडक पार्किङलाई व्यवस्थित गर्न महानगरपालिकासँग भरपर्दो विकल्प हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment