मोबाइल तथा फोनमा कुराकानी गर्दा आफुले बोलेको अरुले नसुनुन् भन्ने धेरैले चाहन्छन् । गोपनियता सँगै कार्यालय समयमा अन्यलाई ‘डिस्टर्ब’ नहोस् भन्ने पनि सबैको चाहना हुन्छ ।
गोपनयिता कायम गर्न सानो स्वरमा कुराकानी गर्दा अर्काेतर्फ नसुनिन सक्छ । ठूलो स्वरमा कुराकानी गर्दा नजिकै बसेकाले सुनिहाल्छन् । तर, अब यस्तो मास्क आएको छ, जसले लगाउँदा फोनमा कुराकानी गरेको नजिकै बसेकाले पनि सुुन्दैनन् ।
यो हो, ‘हुस्मे मास्क’ जसलाई मोबाइल फोनका लागि पहिलो भ्वाइस मास्कका रुपमा ब्याख्या गरिएको छ ।
ब्लुटुथ जोडिएको यो डिभाइस अनुहारमा लगाउन सकिन्छ । यसले बोलेको आवाज बाहिर जान दिदैन । यसको मूल्य २ सय अमेरीकी डलर जति पर्न आउँछ । यो वर्षको अन्त्यदेखि यसको व्यवसायिक उत्पादन थाल्ने यसको उत्पादक कम्पनीको योजना छ । यसमा हावा, पानी समुद्र, चरा, बादर र लोखर्के र आरटु डिटु जस्ता साउण्ड अप्सन रहेका छन् ।
साथै यसमा एक्टीभ र प्यासिभ गरि दुईवटा मोड राखिएको छ ।