Comments Add Comment

धनुषामा ८ वर्षीय बालकको हत्या

४ चैत, धनुषा । धनुषामा आठ वर्षीय बालकको अपहरणपश्चात् हत्या भएको छ ।

कमला नगरपालिका-८ बस्ने प्रमोद साहका आठ वर्षीय छोरा रमणको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बालकको शव आइतबार बिहान गाउँ नजिकै कुलामा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ ।

शनिबार साँझदेखि घरबाट बेपत्ता रमणको शव आइतबार बिहान स्थानीय बासिन्दाले कुलाको पानीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत बालकको शरीरमा घाउचोट र नीलडाम भेटिएकाले अपहरण गरी हत्या गरेर नै फालिएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment