Comments Add Comment

एनसीसीको मूल्यमा तीन प्रतिशतको झट्का, नेप्से घट्न रोकिएन


४ चैत्र, काठमाडौं । करिब डेढ वर्षपछि कर्जा घोटला प्रकरण सार्वजनिक भएसँगै नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर मूल्य एकै दिन करिब तीन प्रतिशतसम्म घटेको छ ।

यद्यपी अन्त्यमा बैंकको सेयर मूल्यमा केही सुधार भयो र गिरावट २.५ प्रतिशतमा सिमित भएको छ । यसदिन सबैभन्दा धेरै सेयर कारोबार हुनेमा पनि बैंक दोस्रो स्थानमा रह्यो । बैंकको दुई करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार सेयर बजार भने करिब १० अंकले घटेर १२७८.९६ विन्दुमा सिमित भएको छ । कारोबार रकम बढेर ३० करोड रुपैयाँ पुगेको छ ।
बैकिङ प्रणालीमा पुँजी अभाव समस्या समाधान नहुनु, बैंकको चुक्ता पुँजी पुगिसेकेको कारण लाभांश बारे लगानीकर्तामा संशय हुनु, कर्जा र निक्षेपको ब्याजदर उच्च भएकोले पनि बजार बढ्न सकेको छैन ।

कारोबारमा आएका सबै समूहका परिसूचक घटेका छन् । सबैभन्दा धेरैले घट्नेमा होटेल, हाइड्रो र उत्पादनमुलक भएका छन् । यिनको एकदेखि ३ प्रतिशतसम्म मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment