Comments Add Comment

मिसनमा पठाइदिन्छु भन्दै प्रहरीसँग ४ लाख ठगी

१४ चैत, काठमाडौं । मिसनमा पठाइदिन्छु भन्ने प्रहरीलाई नै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्रनउ पर्नेमा महोत्तरी घर भई मैतिदेवी बस्ने आनन्दकुमार मण्डल र मनराकट्टीका प्रकाशकुमार सिंह छन् । प्रकाशले आफूलाई प्रहरी हेडक्वार्टरका डीएसपी नारायणकुमार श्रेष्ठ भन्दै झुटो परिचय दिने गरेको पाइएको छ ।

उनीहरुले विदेश मिसनमा पठाइदिन्छु भन्दै बहालवाला दुई प्रहरीबाट ४ लाख लिएको खुलेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार मण्डलले आफ्नो सम्वन्ध उच्च प्रहरी अधिकृतहरुसँग रहेको भन्दै प्रभावमा पार्ने र सिंहले आफू हेडक्वाटरमा कार्यरत डीएसपी भएको झुटो परिचय दिएर ठगी गर्ने गरेको पाइएको छ । उनीहरुबाट पीडितहरु सम्पर्कमा आउने क्रममा जारी रहेको पनि प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment