Comments Add Comment

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्ने धुर्मुसको घोषणा

१५ चैत, काठमाडौं । ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् ।

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो ।

फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने खुलाएका छन् । उनका अनुसार चाँडै रंगशाला निर्माण समिति बन्नेछ र त्यही समितिको रोहबरमा रंगाशाला बन्नेछ ।

‘यो अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभएर राष्ट्रकै अभियान हो,’ धुर्मुसले लेखेका छन् ।

यो परियोजना सरकारर्लाइ सघाउनका लागि निम्ति भएको भन्दै यसमा नेपाल सरकारले गम्भिरतापूर्वक साथ, सहयोग र समन्वय गर्ने विश्वास धुर्मुसले व्यक्त गरेका छन् ।

धुर्मुसले यसअघि नमूना नेपाल नामको अर्को परियोजना घोषणा गरेका थिए । उनले दुवै परियोजना आफूहरुका लागि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै सोधेका छन्, ‘अब भन्नुहोस कुन चाहिँ पहिला ?’

यसको जवाफमा धेरैबाट पहिले क्रिकेट रंगशाला निर्माण हुनुपर्ने प्रतिक्रिया आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment