Comments Add Comment

प्री-मनसुनका कारण उपत्यकासहित देशका विभिन्न भागमा वर्षा

मौसमविद् भन्छन्– २ दिन अझै पानी पर्न सक्छ


१६ चैत, काठमाडौं । उपत्यकासहित देशका विभिन्न भागको मौसममा बदली आएको छ । मौसमविदहरुका अनुसार, अबको दुई दिन पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले मुलुकका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको बताइन् । नगरकोटीका अनुसार, प्री-मनसुन सुरु भएकाले मौसममा एकाएक परिवर्तन आएको हो ।

‘मार्च, अप्रिल र मे महिनालाई प्री-मनसुन मानिन्छ’, मौसमविद् नगरकोटीले मौसममा आएको परिवर्तनबारे जानकारी दिँदै अनलाइनखबरसँग भनिन्, ‘त्यसैले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पानी परेको छ ।’

बंगालको खाडीवाट आएको वायुको प्रभावस्वरुप मौसममा परिवर्तन आएको र यो वायु क्रमशः पुर्वतिर सर्ने मौसमविदको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment