Comments Add Comment

लेक लागेर सोलुखुम्बुमा जापानी आरोहीको मृत्यु


२८ चैत, ओखलढुंगा । लेक लागेर सोलुखुम्बुको मेरापिकमा एक जापानी नागरिकको मृत्यु भएको छ ।

मेरापिक शिखरमा पुगेपछि लेक लागेर जापानी नागरिक कासाइ तादामित्सुको सोमबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

महाकुलङ गाउँपालिका १ मा पर्ने मेरापिकको शिखरमा लेक लागेर मृत्यु भएको बताइएको छ । मृतकको शव आधार शिविरमा ल्याएर लुक्लाबाट जहाजमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment