Comments Add Comment

सिरहामा ६ दिनदेखि बेपत्ता वृद्ध भेटिइन्

२ वैशाख, सिरहा ।  सिरहाको विष्णुपुर गाउँपालिका-१ गौरीपुरबाट करिब छ दिनअघि बेपत्ता भएका एक वृद्धलाई अाइतबार बिहान प्रहरीले फेला पारेको छ ।

गत मंगलबार बिहान घर नजिकैको खेतबाट बेपत्ता भएका स्थानीयवासी ६५ वर्षीय लक्ष्मण पासवानलाई प्रहरीले सिरहा नगरपालिका, ठेम्हीमा भेटाएको हो ।

पासवानका परिवारजनले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment