Comments Add Comment

विष्फोटक पदार्थसहित एक जना समातिए

६ बैशाख, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ का एक युवक ३ वटा कटुवा पेस्तोलसहित अन्य विष्फोटकसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३६ बर्षीय जोकर मोक्तान छन् । उनलाई मकवानपुर प्रहरीले ३ वटा कटुवा पेस्तोल, एउटा सुतली बम, नलकटुवा पेस्तोलमा लाग्ने ११ राउण्ड गोली र थ्रीनटर्थी राईफलको एक राउण्ड गोली र १० थान पटकासहित पक्राउ गरेको हो।

हेटौडा महानगरपालिका–३, पूर्व–पश्चिम राजमार्गको तीन ताप्केमा प्रहरी चौकी, लेवर्टबाट खटिएको प्रहरी टोलीले बिहीबार सवारी साधन चेकजाँच गर्ने क्रममा नम्बर नखुलेको म्याजिक भ्यानमा आएका ३‌‌‌‌‌/४ जना व्यक्तिहरु झरेर भागेपछि प्रहरीले पिछा गर्दै जाँदा मोक्तान समातिएका थिए ।

फरार अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment