Comments Add Comment

प्रदेश ५ संसद् बैठक बस्दै, नगरसभा सञ्चालनसम्बन्धी विधेयक टेबुल हुने

१२ वैशाख, बुटवल । प्रदेश ५ संसद् बैठक आज बस्दैछ ।

प्रदेश ५ संसद् सचिवालयका अनुसार आज बस्ने बैठकमा गाउँसभा तथा नगरसभा सञ्चालनसम्बन्धी विधेयक टेबुल हुने कार्यसूची छ ।

यसअघि सार्वजनिक लिखत प्रमाणीकरण विधेयक संसदमा पेश भएपनि सैद्धान्तिक छलफल बाँकी छ । प्रदेश सभाका सचिव डा. मानबहादुर विकेले यसमाथि आज छलफल हुने जानकारी दिए ।

यस्तै आजको बैठकको शून्य समयअन्तर्गत सांसदहरुले आफ्नो धारणा राख्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment