Comments Add Comment

संविधान स्वीकार्य छैन, संशोधन हुनैपर्छः उपेन्द्र यादव

१४ वैशाख, जनकपुर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि समर्थन गरेपनि सरकार यसको विपरित हिँडेको आरोप लगाएका छन् ।

सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन नभए मुलुकका स्थायित्व कायम हुन नसक्ने बताए ।

‘वर्तमान शाषकले नै संघियतालाई कमजोर बनाउन लागिपरेका छन्’ मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई शुक्रबार जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘आफूहरु संघीयतालाई संस्थागत गर्दै संविधान संशोधनका लागि सरकारलाई समर्थन गरेपनि सरकार यसको विपरित दिशामा लागेर संघीयतालाई नै कमजोर बनाउन लागिपरेका छन् ।’

निर्वाचनमा भाग लिएकै भरमा आफूहरु संविधान स्वीकारी सकेको भन्नु भ्रम मात्र भएको उनले बताए । ‘यस्तो भ्रम नपाल्न म सबैलाई सचेत गराउँछु’ उनले भने, ‘सबैलाई स्वीकार्य हुने किसिमले संविधान संशोधन हुनु आवश्यक छ ।’

संघीयतालाई बलियो पार्न स्थानीयलाई प्रदेशको मातहतमा ल्याउनुपर्ने उनको भनाइ छ । संविधान निर्माणका क्रममा ठूला तीन दलले संघीयतालाई कमजोर पार्ने मानसिकताले नै शिक्षा र स्वास्थ्यलाई स्थानीय तहमा राखेको उनलेबताए । शिक्षा र स्वास्थ्य प्रदेश स्तरमा हुनु पर्ने बताउनु हुँदै फोरम अध्यक्ष यादवले यसका लागि प्रदेश सरकारलाई पहल गर्न आग्रह समेत गरे ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संघीयता ल्याउन स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै स्वास्थ्यकर्मीहरुको न्यायोचित मांगका साथै पहिचान, सम्मान र अधिकारका लागि प्रदेश सरकार तत्पर रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment