Comments Add Comment

विदा कटौतीको निर्णय फिर्ता लिन मुस्लिम समुदायको दवाव

१७ वैशाख, काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल मुस्लिम संघले आफूहरुको पर्वमा दिइएको सार्वजनिक विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको छ ।

संघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी आफूहरुको पर्वमा दिइने गरेको सार्वजनिक विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो ।

संघका नवनिर्वाचित अध्यक्ष अब्दुल सत्तारले आफूहरुको पर्वमा सार्वजनिक विदा दिने निर्णय नसच्चिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

संघको नयाँ नेतृत्वले संवैधानिक व्यवस्था अनुसार तत्काल मुस्लिम आयोग गठन गर्न पनि सरकारसँग माग गरेको छ ।

त्यसैगरी संघले मस्जिद, मद्रसा, इदगाह, कब्रास्थानजस्ता आफूहरुको सांस्कृतिक तथा धार्मिक स्थलहरुको संरक्षण र संवर्द्धन गर्नुपर्ने, शिक्षा, स्वास्थ्य र निजामती सेवालगायतका क्षेत्रमा लोक सेवा आयोगबाट लिइने परीक्षामा मुस्लिम समुदायको अलग्गै कलष्टर बनाउनुपर्ने लगायतका माग पनि सरकारसँग गरेको छ ।

अध्यक्ष सत्तारले राज्यको सबै निकायमा जनसंख्याको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

संघको आइतबार काठमाडौंमा सम्पन्न दोस्रो महाधिवेशनले सत्तार नेतृत्वमा ७७ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment