Comments Add Comment

रोजगार मेलामा तीन सय बेरोजगार युवाको आवेदन

२३ वैशाख, बुटवल । बुटवलमा तीन दिन चलेको रोजगार मेला-२०७५ मा तीन सय बेरोजगार युवाले आबेदन दिएका छन् । रुपन्देहीका ३० वटा उद्योगले जनशक्तिको माग समेत गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रको समन्वय र अन्तराष्ट्रिय श्रम संगठन -आईएलओ)को आर्थिक सहयोगमा वैशाख २१ गतेदेखि शुरु भएको रोजगार मेला २०७५ आइतबार सकिएको हो ।

मेलाको समापन गर्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले ब्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताइन् ।

महासंघका प्रदेश ५ का अध्यक्ष नेत्र पाठकले दक्ष जनशक्तिको अभावका कारण उद्योगीहरु समस्यामा रहेको भन्दै मेलाले थोरै भएपनि आवश्यकतालाई पुरा गर्नेमा आशावादी रहेको बताए ।

लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख ईश्वर गौतमले रोजगारदाता र कलेजको बिच समन्वय गरेर अघि बढाउन जरुरी रहेको बताए ।

तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, महासंघका सदस्य विष्णु कुमार श्रेष्ठले युवाहरुलाई स्वदेशमा रोक्ने गरी स्थानीय सरकारले योजनाहरु ल्याउनुपर्ने बताए ।

मेलाले उद्योगी ब्यबसायी बर बेरोजगार रहेका युवाहरुका सहजिकरण भएकोे महासंघका अध्यक्ष कन्हैयालाल कशौधनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment