Comments Add Comment

गोरखामा ट्रिपर दुर्घटना, चालकको ज्यान गयो


२६ वैशाख, गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–८, चिउरीगौंडामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ सहचालक घाइते भएका छन् ।

बेनिघाटबाट दर्वुङ जादै गरेको बा ४ ख ९५०६ नम्बरको ट्रिपर बुधवार बिहान एक बजे सडकबाट करिब दुई सय मिटर तल बूढीगण्डकी नदीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा बेलकोटगढी नगरपालिका–५, नुवाकोटका २७ वर्षीय सन्तोष सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ ।

सहचालक रवीन्द्र नेपाली घाइते छन् । उनको उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment