Comments Add Comment

दमक गोल्डकपमा एपीएफको जर्सी लगाएर अनमोल मैदान छिरेपछि…


दमक गोल्ड कपकम मंगलबार शशष्त्र प्रहरी क्लव (एपीएफ) र नेपाल पुलिस क्लव (एनपीसी) विचको फुटबलमा फरक दृश्य देखियो ।११ नम्बर जर्सीमा नायक अनमोल केसी अन्य खेलाडीसँगै फुटबल मैदानमा प्रवेश गरे । गेम हेर्न आएका यूवतीहरुले हुटिङ गर्न थाले । उनीसँगै ८ नम्बर जर्सीमा कलाकार विल्सन विक्रम राई देखिए ।

फुटबल खेलमा अनमोल र विल्सन पनि खेलाडीको रुपमा मैदानमा उत्रिएका थिएनन् । यहाँ त नायक भूवन केसीले निर्माण गरिरहेको चलचित्र ‘क्याप्टेन’को छायांकन भइरहेको थियो । अनमोल एपीएफको खेलाडीको भूमिकामा मैदानमा उत्रिएका थिए भने विल्सन पनि अनमोलको टिमको क्याप्टेनको भूमिकामा ।

खेलाडी परिचयका क्रममा कलाकार सुनिल थापा पनि मैदानमा प्रकट भए । मैदानको माथि ड्रोन क्यामेरा घुमाइएको थियो । कतिपयले अनमोल पनि खेलाडी हुन् कि भन्ने बुझे भने कतिपयले सुटिङ भन्ने थाहा पाए । खेलाडी परिचयसँगै निर्देशक दिवाकर भट्टराइले कट भने, यसपछि अनमोल र विल्सन खेल मैदानबाट बाहिर आएर बसे ।

यसअगाडि यो चलचित्रको छायांकन इलाममा गरिएको थियो । इलामपछि दमकमा आयोजना भैरहेको दमक गोल्डकपमा अर्को दृश्य खिचिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment