Comments Add Comment

अल्कोहलले कसरी किड्नीलाई ड्यामेज गर्छ ?

रक्सी कति पिउने ?

रक्सी धेरै पिउनाले मानव स्वास्थ्यमा विभिन्न समस्याहरू निम्तिन सक्छन् । थोरै वा दैनिक एक/दुई पेग रक्सी सेवन गर्नु हानिकारक मानिँदैन तर रक्सी धेरै पिएमा किड्नी ड्यामेज नै हुन पनि सक्छ ।

किड्नीले हाम्रो रगतमा भएका हानिकारक पदार्थहरूलाई छान्ने काम गर्छ । तीमध्ये एक पदार्थ अल्कोहल पनि हो । अल्कोहलले किड्नीको कार्यसम्पादनमा असर गर्छ र किड्नीले छान्ने क्षमता कम हुनसक्छ ।

रगत छान्ने काम गर्नुका साथै किड्नीले अरू पनि धेरै महत्वपूर्ण काम गर्छ । यसमध्ये एक काम शरीरमा पानीको मात्रा ठीक राखिराख्नु पनि हो । रक्सीले किड्नीलाई यो काम गर्न रोक्छ । रक्सीले शरीरलाई सुख्खा बनाउँछ । यस्तो सुख्खापनले शरीरका कोष, अंग र किड्नीको नियमित कार्यसम्पादनमा असर पुग्छ ।

धेरै रक्सीले रक्तचापमा पनि समस्या निम्तन्छ । धेरै रक्सी पिउने मानिसहरूमा उच्च रक्तचापको समस्या देखिन सक्छ । उच्च रक्तचाप भएपछि गरिने उपचारमा पनि समस्या निम्त्याउनसक्छ । उच्च रक्तचाप किड्नीको रोगको मुख्य कारण हो । दैनिक दुई पेगभन्दा धेरै रक्सी पिउनाले उच्च रक्तचापको समस्या निम्तिने सम्भावना धेरै बढी हुन्छ ।

रक्सी पिउनाले कलेजोको रोग पनि लाग्न सक्छ र यसले किड्नीलाई झन् भार थप्छ । किड्नीमा एक निश्चित स्तरमा रगत आउँछ जसकारण किड्नीले रगत राम्रोसँग फिल्टर गर्न सकोस् । कलेजोमा रोग लाग्यो भने यसको सन्तुलन बिग्रन्छ । अमेरिकामा धेरैलाई कलेजो र किड्नीको समस्या एकैसाथ देखिने गर्छ जुन रक्सीसँग सम्बन्धित छ ।

रक्सी कति पिउने ?

महिलाले दिनमा तीन (हप्तामा सात) पेगभन्दा बढी र पुरुषले दिनमा चार (हप्तामा १४) पेग भन्दा बढी पिउनुलाई हेभी डि्रङ्क गरेको मानिन्छ । धेरै पिउने मानिसको किड्नीले धेरै काम गर्नुपर्ने हुन्छ । त्यसैले नियमित रूपमा धेरै पिउने मानिसमा किड्नीको रोग लाग्ने जोखिम बढी हुन्छ ।

त्यस्तै छिटो पिउने (दुई घन्टामै चार/पाँच पेग) मानिसहरूको ब्लड अल्कोहल धेरै खतरनाक स्तरमा पुग्न सक्छ । यसले किड्नीको कार्यसम्पादनमा अचानक समस्या ल्याउन सक्छ जसलाई ‘एक्युट किड्नी इन्ज्युरी’ भनिन्छ ।

यस्तो अवस्थामा मानिसको किड्नीले नियमित काम गर्नको लागि डायलोसिस आवश्यक पर्छ । ‘एक्युट किड्नी इन्ज्युरी’ कसैलाई केही समय पछि निको हुन पनि सक्छ तर केही केसहरूमा किड्नी नै ड्यामेज हुन पनि सक्छ ।

रक्सी पिउनुअघि ख्याल गर्नैपर्ने कुरा

केही मानिहरूले रक्सी पिउनै हुँदैन । नियमित औषधीहरू सेवन गरिरहेको अवस्थामा वा कुनै स्वास्थ्य समस्या भएको अवस्थामा डाक्टरसँग सल्लाह लिएर मात्र सन्तुलित मात्रामा रक्सी पिउन सकिन्छ ।

डाक्टरले पिउन हुन्छ भने सीमित मात्रामा पिउन सक्नुहुन्छ । महिला, वृद्धवृद्धा तथा सानो शरीर भएका मानिसहरूले विशेष ख्याल गर्नुपर्छ । गर्भवती महिलाहरूले पनि रक्सी पिउन हुँदैन ।

आफ्नो स्वास्थसेवा प्रदायकसँग नियमित रूपमा परीक्षण गरेर रक्सी सेवन गर्नु आफ्ना लागि सुरक्षित छ वा छैन भन्ने बारेमा बुझ्नुपर्छ । सुरक्षित छ भने पनि थोरै मात्रामा मात्रै पिउनु राम्रो हुन्छ ।

सबैभन्दा राम्रो निर्देशन भनेको पुरुषको लागि दिनमा एक वा दुई डि्रंक्स त्यस्तै महिला र ६५ वर्ष माथिका मानिसको लागि दिनमा एक डि्रंक्स मात्रै पिउने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment