Comments Add Comment

आक्रमक रुपमा शाखा विस्तार गर्दै कामना सेवा विकास बैंक

२७ वैशाख, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले अहिले आक्रमक रुपमा शाखा बिस्तार गर्दै गर्दैछ । आफ्नो कारोबार समेत सोहि रफ्तारमा बिस्तार गर्ने उद्देश्यका साथ अगाडी बढेको बैंकले हालै काठमाडौं महानगरपालिकाको ज्ञानेश्वर, धादिङको गल्छी गाउँपालिकाको गल्छी बजार र यसै हप्तामा रुपन्देहीको शुद्धोधन गाउँपालिको फर्साटिकर बजार, दाङको लमहि नगरपालिकाको लमहीबजार, कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजारमा र रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरी बजारमा शाखा विस्तार गरि कुल शाखा ४६ पुगिसकेको छ ।

यहि बैशाख महिना भित्रनै लमजुङको सुन्दर बजारमा, पर्वतको कुस्मा नगरपालिकाको कुश्मा बजारमा थप २ संचालनमा आउँदै छ । बैंकमा २ अर्ब २८ करोड चुक्ता पुंजी र निक्षेप १४ अर्ब ३७ करोड तथा कर्जा १३ अर्ब २५ करोड रहेको छ ।

कामना सेवा विकास बैंकले वित्तीय पहुंच नभएका ग्रामिण क्षेत्रमा समेत शाखा विस्तार गरी आफ्नो सेवा विस्तार गर्ने लक्ष्यसहित यस आर्थिक वर्षको जेठ महिना भित्रमा देशका विभिन्न भागमा अन्य थप ११ वटा शाखा सञ्चालनमा ल्याई कारेवार संजाल विस्तार गर्ने रणनीतिसहित अगाडि बढेको र शाखाहरुको निर्माण कार्य समेत अन्तिम चरणमा पुगि सकेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत  महेश प्रसाद काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment