Comments Add Comment

नर्वेमा ‘बोबी’को रेड कार्पेट प्रिमियर, रियल जोडीको कथा पर्दामा


चलचित्र ‘बोबी’को प्रिमियर नर्वेमा गरिएको छ । नर्वेमा पहिलो पटक नेपाली चलचित्रको प्रिमियर भएको हो । नर्वेको ओस्लोस्थित भीका भिक्टोरिया हलमा सम्पन्न प्रिमियरमा चलचित्र हेर्नका लागि ४ सय बढी दर्शक उपस्थित थिए । चलचित्रका निर्देशक मिलन चाम्सले सबटाइटलसहितको चलचित्र हेर्नका लागि नर्वे, इटाली, माल्टा, यूके लगायतका देशका नागरिक पनि हलमा उपस्थित थिए । निर्देशक चाम्सले नेपाली चलचित्रको नयाँ देशमा बजार विस्तार भएको बताए ।

यो चलचित्रले नर्वेमा नै बसोबास गर्दै आएका रियल जोडी कविता गुरुङ र उमेश थापाको प्रेम कथालाई प्रस्तुत गर्छ । चलचित्रमा यी दुई नै मुख्य भूमिकामा छन् । यो चलचित्रले दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथालाई उठान गरेको छ । चलचित्रमा विजय लामा, रुवी राणा, देशभक्त खनाल, रश्मी भट्ट, सुरविर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणाको मुख्य भूमिका छ ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन आई इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा नरेश भट्टराइको कथा, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जीसीको सम्पादन, ताराप्रकाश लिम्बुको संगीत छ । प्रिमियमरमा निर्देशक चाम्स, कलाकाहरु कविता गुरुङ, उमेश थापा, विजय लामा उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment