Comments Add Comment

प्रम ओलीले भने : छिमेकीहरुबीच हामीलाई सहयोग गर्ने प्रतिस्पर्धा होस्, खुट्टा तान्ने होइन

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध सुमधुर हुने दिशामा अघि बढेको बताएका छन् ।

आइतबार राष्ट्रियसभा बैठकलाई संबोधन गर्दै उनले भारतसँगको तीन वर्षपहिलेको तनावपूर्ण सम्बन्ध सुमधुर हुने दिशामा अघि बढेको बताएका हुन् ।

‘तीन वर्ष अगाडि अहिलेको जस्तो थिएन तनावग्रस्त थियो । भारतसँग सम्बन्ध समुधर बन्ने दिशामा अघि बढेको छ’ उनले भने ।

उनले भारतसँगको समझदारीमा एक शब्द पनि नेपालको हितविरुद्ध नपरेको बरु नेपालको हितलाई माथि उठाइएको जिकिर गरे । नेपाललाई सहयोग गर्ने सन्दर्भमा छिमेकी देशबीच प्रतिस्पर्धा होस् भन्ने आफूले चाहेको ओलीले बताए । ‘हाम्रा छिमेकीको हामीलाई सहयोग गर्ने प्रतिस्पर्धा होस्, खुट्टा तान्ने होइन । सम्मान गर्ने प्रतिस्पर्धा होस्, होच्याउने होइन । साथ हिँड्ने प्रतिस्पर्धा होस्, कुहिनाले हान्ने होइन’ उनले भने ।

भारतसँग आत्मीयताको, बराबरीको पारस्परिपक लाभ, स्वाभिमान र सम्मानको सम्बन्ध विकास भएको ओलीले दावी गरे । आफ्नो कार्यकालमा मधेस समस्या पनि सबै समाधान हुने उनले जिकिर गरे । मधेसमा व्यवस्थित बस्ती बन्ने, सबै बालबालिका विद्यालय भर्ना हुने, जाडोले कठ्यांग्रिएर कोही मर्नुनपर्ने ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment