Comments Add Comment

पहिरो झर्न नरोकिएपछि बुटवल-दोभान सडक खुलाउन समस्या

३१ वशौख, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-दोभान सडक खण्डमा खसेको पहिरो पन्छाउने क्रममा माथिबाट पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन ढिलाइ भएको छ ।

दुईवटा डोजर र एउटा क्रेन पहिरो पन्छाउन प्रयोग भइरहेका छन् । तर, माथिबाट पहिरो खस्न नरोकिएकाले सडक खुल्न अझै दुई तीन घण्टा लाग्ने पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ३ हेडबक्स भन्ने ठाउँमा माथिबाट सडकमा पहिरो खसेपछि राति २ बजेदेखि यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरो पन्छाउन बिहान ७ बजेदेखि दुईवटा डोजर र एउटा क्रेन प्रयोग भइरहेको दोभान प्रहरी चौकीका प्रहरी जवान भोजबहादुर गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।

सडक अवरुद्ध हुंदा पाल्पातर्फबाट आएका र बुटवलबाट पाल्पा हसंदै विभिन्न जिल्लातर्फ जाने सयौं सवारीसाधनको लामो लाइन लागेको छ । घण्टौंदेखि सडक नखुलेपछि यात्रुहरुलाई समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment