Comments Add Comment

श्रीमतीको मृत्युलाई दिएर शशी थरुरविरुद्ध अभियोग दर्ता

नयाँदिल्ली । कांग्रेसका आइका नेता तथा भारतीय सांसद शशी थरुरमाथि पत्नीको आत्महत्यालाई लिएर अभियोग दर्ता भएको छ ।

दिल्ली प्रहरीले थरुरलाई पत्नीलाई आत्महत्या गर्न उत्तेजित बनाएको र उनमाथि हिंसा गरेको आरोपसहित दिल्ली अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीको आरोपपछि टि्वट गर्दै थरुरले आफू त्यसको सामना गर्न तयार रहेको बताउँदै ‘योजनाबद्ध रुपमा’ आरोप लगाइएको बताएका छन् ।

थरुरकी पत्नी सुनन्दा पुस्करको मृत्युलाई पहिले आत्महत्याको रुपमा लिइएको थियो तर, पछि प्रहरीलेे संदिग्ध आरोपीको नाम नलिइकन उनको हत्या भएको हुनसक्ने बताएको थियो ।

भारतको प्रमुख प्रतिपक्षी कांग्रेस आइका सांसद थरुरले दुबईमा व्यापार गर्दै आएकी पुस्करसँग सन् २०१० मा विवाह गरेका थिए । सन् २०१४ जनवरी १७ मा सुनन्दा दिल्लीको एक पाँचतारे होटलमा मृत अवस्थामा फेला परेकी थिइन ।

पुस्करको मृत्युभन्दा केही पहिले टि्वटरको श्रृंखलाबद्ध म्यासेजको कारणले यो जोडी विवादमा आएको थियो ।

जसमा थरुरको एक पाकिस्तानी पत्रकारसँग प्रेमसम्बन्ध रहेको कुरा बाहिर आएको थियो ।

तर, त्यसको केही समयपछि थरुर र पुस्कर दुवैजना मिलेर उनीहरुको वैवाहिक सम्बन्ध सुखद भएको र त्यस्ता ‘अनधिकृत टि्वट’ले भ्रमित बनाएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment