Comments Add Comment

खेलकुद विश्वविद्यालय स्थापना गर्ने सरकारको तयारी

२ जेठ, काठमाडौं । सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले खेलकुद विश्वविद्यालय स्थापनाका लागि १५ दिनभित्र आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिएका हुन् ।

उनले १ वर्षभित्रै हेटौडाको गौरीटारमा खेलकुद विश्वविद्यालय स्थापना गर्ने सरकारको लक्ष्य रहेको पनि स्पष्ट पारे ।

बुधबार नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले प्रकाशित गरेको स्मारिकाको विमोचन गर्दै सदस्य सचिव विष्टले खेलकुद क्षेत्रका विज्ञहरुलाई सरकारले विश्वविद्यालयको प्रोफेसर बन्ने अवसर प्रदान गर्न लागेको बताएका हुन् ।

सदस्य सचिव विष्टले सबै प्रदेशमा खेलकुद विज्ञान प्रतिष्ठान स्थापना गर्ने योजना पनि अघि सारेका छन् ।

उनले मुलुकको विज्ञान र प्रविधिको क्षेत्रको विकासका लागि पनि खेलकुद क्षेत्रको विकासको आवश्यक्ता रहेको पनि स्मरण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment