Comments Add Comment

डेरी अनुगमनमा कृषिमन्त्री : डीडीसीको विकृति समाधान गर्न निर्देशन


४ वैशाख, विराटनगर । दूध वितरण आयोजना (डीडीसी) विराटनगरमा विकृति पाइएपछि स्तरोन्नती नगरे सोच्न बाध्य हुने चेतावनी सरकारले दिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले उक्त उद्योगलाई तत्काल सुधार गर्न निर्देशन दिएको छ ।

सरकारले आगामी दुई वर्ष भित्र दुधमा आत्मनिर्भर हुने गरी कार्ययोजना बनाए पनि डीडीसीको उत्पादन त्यसबमोजिम नपाइएको मन्त्री खनालले बताए । डीडीसी प्रविधिमा निकै पुरानो रहेको, व्यवस्थित हुन नसकेको भन्दै त्यसले अहिलेको मागलाई थेग्न नसक्ने उनको भनाइ छ । ‘वर्तमान समयमा डीडीसीलाई धेरै सुधार गर्नुपर्ने देखिएको छ,’ मन्त्री खनालले भने ।

अनुगमनपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री खनालले डीडीसीभित्र भ्रष्टाचार, अनियमितता र खरिदमा पनि पारदर्शिता नभएको गुनासो आउने गरेको बताउँदै त्यसमाथि अनुगमन गरेर सुधि्रन नसक्ने अवस्था पाइए बन्द गर्ने चेतावनीसमेत दिए । सधैं घाटामा सञ्चालन गर्नुको कुनै औचित्य नरहेको उनको भनाइ थियो ।

आत्मनिर्भर हुन सक्ने सम्भावना हुँदाहुँदै पनि बाहिरबाट ठूलो मात्रामा दुध आयात भइरहेको भन्दै उनले उत्पादन वृद्धिका लागि उच्च प्रविधि र अत्याधुनिक प्लान्ट राख्नु आवश्यक रहेको बताए ।

मन्त्री खनालले प्रतिस्पर्धात्मक समयमा पनि आयोजना पुराना प्रविधिमा भर परिरहेको उल्लेख गर्दै आधुनिक र नयाँ प्रविधिसहित दूध उत्पादनलाई आत्मनिर्भर बनाउनेतर्फ मन्त्रालयले छलफल गरिरहेको जानकारी दिए ।

भारतबाट अमुललगायत केही कम्पनीको धुलो तथा विभिन्न किसिमका दूध नेपाली बजारमा आइरहेको र निजी क्षेत्रले पनि अपेक्षित योगदान गर्न नसकिरहेकोले आयोजनाको विकास जरुरी रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment