Comments Add Comment

उद्योग/वाणिज्य

List Grid
निजी क्षेत्रलाई नुन बेच्न दिइँदैन : आपूर्तिमन्त्री

२९ भदौ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निजी क्षेत्रलाई नुन बिक्री वितरण गर्न दिने कुरा हावादारी र भ्रामक भएको बताएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको  ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सरकारले कहिल्यै पनि गुणस्तरमा सम्झौता नगर्ने बताउँदै मन्त्री यादवले नुन बिक्री-वितरणको जिम्मेवारी पाएको साल्ट […]

सुरु भयो भेहिकल ट्र्याकिङ सिस्टम

१ साउन, काठमाडौं । राजश्व चुहावट रोक्न भन्दै सरकारले बुधबारदेखि भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम शुरु गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सिस्टमको उद्घाटन गरे । उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहे पनि उनी उपस्थित भएनन् । विशेष कार्यव्यस्ताका कारण देखाउदै उपस्थित नभए पनि प्रधानमन्त्रीले लिखित […]

भेहिकल ट्रयाकिङ सिस्टम तत्कालै लागू नगर्न व्यवसायीको आग्रह

३१ असार, काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुआतसँगै राजश्व अनुसन्धान विभागले सुरु गर्न लागेको भेहिकल ट्रयाकिङ सिस्टम तत्काल लागू नगर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले आग्रह गरेको छ । ट्रयाकिङ सिस्टम लागू हुने पूर्वसन्ध्यामा प्रेस वक्तव्य जारी गर्दै महासंघले साउन १ गतेदेखि नै अनिवार्य रुपमा लागू नगर्न आग्रह गरेको हो । देशभित्र मालवस्तुको आन्तरिक ओसारपसारको निगरानी […]

भैरहवा सेजमा उद्योग संचालन

३१ वैशाख, बुटवल । स्थापना भएको वर्षौंसम्म उद्योग संचालन हुन नसकेको नेपालककै पहिलो भनिएको भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) मा पहिलो उद्योगका रुपमा शक्ति मिनरल्स उद्योग संचालनमा आएको छ । ४० करोड लगानीमा स्थापना गरिएको उद्योगले उद्योग स्थापनाको पहिलो अनुमति (लाइसेन्स) प्राप्त गरेको हो । यो उद्योग नेपालमा खनिज पदार्थ प्रशोधन गर्ने पहिलो उद्योगका रूपमा […]

नेपाली धागो आयातमा बंगलादेशले लगाउँदै आएको प्रतिबन्ध फुकुवा

१० वैशाख, काठमाडौं । बंगलादेशले ४ वर्षदेखि नेपाली धागोको आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको छ । त्यहाँको राष्ट्रिय राजस्व बोर्डले सरोकारवालाहरुसँगको छलफलपछि नेपाली धागोको आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको हो । राजस्व बोर्डले स्थलमार्ग हुँदै धागो आयात गर्न अनुमति दिने निर्णय गरेको बंगलादेशको न्युएज अनलाइनले जनाएको छ । योसँगै अब नेपालबाट बंगालदेशमा धागो निकासी […]

काठमाडौंमा ५ हजार साना उद्योग दर्ता

१० वैशाख, काठमाडौं । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंका अनुसार चालू आर्थिक वर्षमा मात्र चार हजार ७०७ नयाँ उद्योग […]

दिवंगत गोल्छालाई सम्झिएन महासंघले, चण्डीलाई सम्मान

२८ चैत, काठमाडौं । २ दिन अघि निधन भएका नेपालको प्रसिद्ध ब्यापारिक घराना गोल्छा अर्गनाइजेशनका मालिक तथा पूर्वसांसद दिवाकर गोल्छालाई नेपाल उद्योग वाणिज्य महासंघले सम्झन सकेन । आफ्नै संगठनका पूर्व उपाध्यक्ष गोल्छाको निधन हुँदा समेत महासंघले औपचारिक कार्यक्रममा सम्झन नसकेको हो । गोल्छाको निधन भएको २ दिन पछि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा […]

नीति सुध्रिए पनि कार्यान्वयन फितलो : भवानी राणा

२८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आन्तरिक लगानी परिचालन नगरी विदेशी लगानी भित्रिन सहज नहुने बताएकी छन् । महासंघको  ५३औं वार्षिक साधारणमा अध्यक्ष राणा विदेशी लगानी भित्रिने माध्यम पनि स्वदेशी लगानीकर्ता भएकाले वातावरण सहज बनाउन आग्रह गरिन् । ‘यहाँका उद्यमी व्यवसायीहरु यहाँको वाावरणसँग सन्तुष्ट भए मात्रै उनीहरुले वैदेशिक लगानी र […]

उद्योग परिसंघको अध्यक्षमा सतिश मोर, निर्वाण बने उपाध्यक्ष

२६ चैत, काठमाडौं । उद्योग परिसंघको अध्यक्षमा सतिश मोर चयन भएका छन् । हरिभक्त शर्माको कार्यकाल सकिए पछि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका मोर अध्यक्षमा चयन भएका हुन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधानका कारण मोर अध्यक्ष चयन भए । सोमबार सम्पन्न परिसंघको १६ औं साधारणसभाले उपाध्यक्षमा ७ जनालाई चयन गरेको छ । उपाध्यक्षहरुमा […]

‘उचित नीतिको अभावमा उद्योग–व्यवसाय धरासायी’

२५ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगमैत्री वातावरण बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उपराष्ट्रपति पुनले व्यवसायीहरुले पटक–पटक आग्रह गर्दा पनि उद्योगमैत्री वातावरण बनाउन सरकारले चासो नदिएको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरे । ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालको २५औं वार्षिक साधारण सभा तथा ८ औं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै […]

बुढीगंगामा खुल्यो आयुर्वेदिक औषधालय

२२ चैत, विराटनगर । मोरङको बुढीगंगामा आयुर्वेदिक औषधालय स्थापना भएको छ । कश्यप ऋषि आयुर्वेद कम्पनीले ७५ करोड रुपैयाँको लागतमा आयुर्वेदिक औषधालयको स्थापना गरेको हो । कम्पनीले दुई महिनाभित्र विभिन्न ४५ प्रकारका आयुर्वेदिक औषधी बजारमा ल्याउने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष साहले जानकारी दिए । ‘हाम्रो उत्पादन दुई महिना भित्र बजारमा आउँछ, दैनिक छ टन औषधी […]

वैशाख २६ देखि काठमाडौंमा औद्योगिक प्रदर्शनी हुने

२१ चैत, काठमाडौं । आगामी वैशाख २६ देखि काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार-२०७६ कार्यक्रम आयोजना हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीबारे जानकारी दिइएको हो । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग विकास समितिद्वारा राष्ट्रियस्तरमा विगत २९ वर्षदेखि […]

कोरियन कम्पनीको शर्तमा स्पष्टता माग्दै लगानी बोर्ड पुगे सवारी व्यवसायी

१९ चैत, काठमाडौं । नेपालमा गाडीको एसेम्बल प्लान्ट राख्न लागेको कोरियन कम्पनीको शर्तबारे नेपाली अटोमोबाइल्स व्यवसायीहरुले लगानी बोर्डसमक्ष चासो राखेका छन् । लगानी बोर्डले १० अर्ब ५४ करोडको लगानी स्वीकृत गरेको कम्पनीले आफूले लगानी नउठाइन्जेल नयाँ कम्पनीले एसेम्बल प्लान्ट राख्न नपाउने शर्त राखेपछि नेपाली उद्योगी व्यवसायी सशंकित छन् । उनीहरुले मंगलबार बोर्डका प्रमुख कार्यकारी अधिकृत […]

हावाहुरी पीडितका लागि उद्योग वाणिज्य महासंघले ५० लाख सहयोग गर्ने

१८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ । महासंघको सोमबार बसेको आकस्मिक बैठकले ५० लाखको राहत कोष खडा गरेर हावाहुरीले प्रभावित बारा र पर्साका पीडितहरुलाई राहत वितरण गर्ने निर्णय गरेको हो । ५० लाख सहयोग गर्ने निर्णय भएको महासंघ अध्यक्ष भवानी राणाले […]

डाबर र नेस्ट्लेका प्रतिनिधिले भने- लगानीका लागि नेपाल उपयुक्त थलो

१६ चैत, काठमाडौं । अपार सम्भावना रहेको मुलुकको कृषि क्षेत्रबाट आर्थिक समृद्धिमा योगदान दिन कृषिको आधुनिकीकरणका लागि सरकारले लगानी सुरक्षाप्रति आश्वस्त पार्दै ढुक्कका साथ लगानी गर्न आह्वान गरेको छ । कृषि क्षेत्रमा ठूलो लगानी भित्र्याएर व्यावसायिक बनाउँदै भौगोलिक र हावापानीको विविधताका साथै दुई ठूला छिमेकीमूलुकको बजारको सम्भावनालाई परिणाममुखी बनाउने योजनाका साथ सरकराले दातृ निकाय, उद्योगी […]

विकसित देशमा मुश्किलले, नेपालमा सजिलै लगानी अवसर : भवानी राणा

१६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले यो नेपालमा लगानी गर्ने उपयुक्त समय भएको बताएकी छन् । ‘लगानीका लागि यो नै उपयुक्त समय हो, किनकी अहिले स्थिर सरकार छ यो नै हाम्रा लागि ठूलो कुरा हो’, उनले भनिन् । लगानी सम्मेलन अन्तर्गत नेपालमा लगानीको सम्भावना र अनुभव आदान प्रदान सत्रमा उनले […]

विदेशी लगानीकर्तालाई परिसंघ अध्यक्षको प्रस्ताव : साझेदारीमा लगानी गरौं

१६ चैत, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा ‘जोइन्ट भेन्चर’मा लगानी गर्न निकै सहज रहेको बताएका छन् । विदेशी लगानीकर्ताले नेपालका लगानीकर्तासँग साझेदारी गरेर लगानी गरे सहज हुने उनको भनाइ छ । ‘नेपालमा लगानीका लागि भर्जिन मार्केट हो, यहाँ लगानीका लागि धेरै नै सहज छ, विजनेशको वातावरण एकदमै राम्रो छ’, उनले भने […]

नेपालमा लगानी ल्याउनेले घाटा खानुपर्दैन : सुरज वैद्य

१५ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा पर्यटन वर्ष २०२०मा संयोजक सुरज वैद्यले नेपालमा गरिने लगानीमा घाटा ब्यहोर्नुनपर्ने अवस्था रहेको बताएका छन् । लगानी सम्मेलनमा सहभागीहरुलाई सम्बोधन गर्दै वैद्यले युनिलिभर, डाबर र एनसेललाई हेरेर लगानी ल्याउन अनुरोध गरे । वैद्यले नेपालमा २० प्रतिशतसम्म नाफा लिन सकिने भन्दै लगानीकर्तालाई विश्वस्त भएर लगानी ल्याउन […]

जुट उद्योगलाई विद्युत महसुलमा छुट दिने सरकारको निर्णय

१४ चैत, काठमाडौं । सरकारले सनपाट (जुट) उद्योगहरुलाई विद्युत महसुलमा छुट दिने निर्णय गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद बैठकले मुलुकभर सञ्चालनमा रहेका जुट उद्योगहरुलाई विद्युत महसुलमा छुट दिने निर्णय गरेको हो । आन्तरिक रोजगारी सिर्जनामा सघाउँदै आएका जुट उद्योग उत्पादन लागत महंगो हुँदा धरासयी हुँदै गएका छन् । विद्युत महसुलमा छुट दिन […]

गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा भलामी

१० चैत, गुल्मी । गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रीप्रसाद भलामी निर्वाचित भएका छन् । नेपाली कांग्रेस निकट व्यवसायी लोकतान्त्रिक प्यानल र नेकपा निकट व्यावसायीले साझा प्यान बनाएर चुनावी मैदानमा उत्रिएका थिए । चुनावमा लोकतान्त्रिक प्यानलले जित हासिल गरेको हो । लोकतान्त्रिक प्यानलबाट उपाध्यक्षहरुमा इश्वरी पौडेल, रामप्रसाद पन्थी, मृगेन्द्र श्रेष्ठ बिजयी भएका छन् । महासचिवमा […]

कन्टेनर वीरगञ्जमा आइपुगेको जानकारी दिन ‘आरएफआईडी डिभाइस’

९ चैत, वीरगञ्ज । भारतबाट छुटेको कन्टेनर वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आईपुगेको जानकारीे दिन ‘आरएफआईडी डिभाईस’ प्रयोग गरिएको छ । ईसिटिएस जडानको जिम्मा लिएको ट्रान्स सेक्युर प्रालीले रेडियो फ्रिक्वेन्सी आईडेण्टिफिकेशन ‘आरएफआईडी डिभाइस’ प्रयोग गरेको हो । इलेक्ट्रोनिक कन्टेनर ट्रयाकिङ सिस्टम (ईसीटीएस) ह्यान्डलिङको जिम्मा पाएको ट्रान्स सेक्युरले आरएफआईडी रिडर डिभाइस नेपाली पक्षलाई हस्तान्तरण गरिसकेको छ । तीन […]