+
+
Shares

ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयकाे आग्रह

२० दिनदेखि बजारमा ग्यास आपूर्ति असहज बन्दा सर्वसाधारण मर्कामा छन् । ग्यास डिपोहरूमा लामो लाइन लाग्ने तर रित्तो सिलिन्डर लिएर फर्किनुपर्ने बाध्यता छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एलपी ग्यासको चरम अभाव र कालोबजारी बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमन र गुनासो सुनुवाइमा सक्रियता बढाएको छ ।
  • उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले कृत्रिम अभाव र कालोबजारीबारे जानकारी दिन उपभोक्तालाई ९८५१११६७७३ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
  • विगत २० दिनदेखि ग्यास आपूर्ति असहज हुँदा उपभोक्ताहरू लामो लाइनमा बस्न बाध्य भएकाले तत्काल समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने भएको छ ।

२१ साउन, काठमाडौं । पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनमा सक्रियता बढाएको छ ।

ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास पाउन कठिनाइ भए सिधै सम्पर्क गर्न अपिल गरेको हो ।

कुनै पनि उपभोक्ताले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी गरिएको वा आपूर्तिमा कुनै समस्या देखे मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरी जानकारी गराउन सक्नेछन् ।

उपभोक्ताबाट प्राप्त जानकारी र गुनासो गम्भीरतापूर्वक लिइने मन्त्रालयले जनाएको छ । प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिने बताइएको छ ।

२० दिनदेखि बजारमा ग्यास आपूर्ति असहज बन्दा सर्वसाधारण मर्कामा छन् । ग्यास डिपोहरूमा लामो लाइन लाग्ने तर रित्तो सिलिन्डर लिएर फर्किनुपर्ने बाध्यता छ ।

यस्तो विषम परिस्थितिको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिने (कालोबजारी) गरेको गुनासो बढेपछि मन्त्रालयले सिधै सचिवालयमा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?