+
+
Shares

उद्योग मन्त्रालयले सिलिङभन्दा बढी बजेटको कार्यक्रम प्रस्ताव गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ अर्ब ३१ करोड ९६ लाख रुपैयाँको बजेट सिलिङभन्दा बढी १० अर्ब १३ करोड ९० लाख रुपैयाँ बराबरका कार्यक्रम प्रस्ताव गरेको छ।
  • मन्त्रालयले चालु खर्चतर्फ ५ अर्ब ७८ करोड, पूँजीगत खर्चतर्फ ३ अर्ब ८९ करोड र वित्तीय व्यवस्थापनतर्फ ४६ करोड ९० लाख रुपैयाँ बजेट प्रस्ताव गरेको सचिव राउतले बताए।
  • औद्योगिक पूर्वाधार विकासका लागि १ अर्ब ३२ करोड रुपैयाँ, रणनीतिक सडक सञ्जाल तथा व्यापार सुधारका लागि २ अर्ब २३ करोड रुपैयाँ प्रस्ताव गरिएको छ।

६ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिलिङभन्दा बढी बजेटको कार्यक्रम प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव कृष्णबहादुर राउतकाअनुसार ८ अर्ब ३१ करोड ९६ लाख रुपैयाँको बजेट सिलिङ प्राप्त गरे पनि हाल १० अर्ब १३ करोड ९० लाख बराबरका कार्यक्रम प्रस्ताव गरिएको छ ।

विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ ५ अर्ब ७८ करोड, पूँजीगत खर्चतर्फ ३ अर्ब ८९ करोड तथा वित्तीय व्यवस्थापनतर्फ ४६ करोड ९० लाख रुपैयाँ रहेको जानकारी दिए ।

उनकाअनुसार वित्तीय व्यवस्थापनअन्तर्गतको रकम सार्वजनिक संस्थान तथा कम्पनीहरूमा लगानी गरिनेछ । मन्त्रालयकाअनुसार मन्त्रालयकै कार्यक्रमका लागि २९ करोड २ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । केन्द्रीय कारागार कारखानाका लागि १ करोड ७० लाख रुपैयाँ, सैनिक सामग्री निर्देशनालयका लागि २२ करोड ५० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सञ्चालन हुने खाद्यान्न ढुवानी कार्यक्रममा ५८ करोड रुपैयाँ, औद्योगिक पूर्वाधार विकास कार्यक्रमका लागि १ अर्ब ३२ करोड रुपैयाँ प्रस्ताव गरिएको छ भने औद्योगिक लगानी प्रवद्र्धन कार्यक्रमका लागि ३ अर्ब ३ करोड ८५ लाख रुपैयाँ माग गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सञ्चालन हुने आयोडिनयुक्त नुन ढुवानी तथा कण्ठरोग नियन्त्रण कार्यक्रमका लागि १७ करोड, व्यापार सूचना तथा निर्यात सहयोग आयोजना र बहुपक्षीय तथा क्षेत्रीय व्यापार सुदृढीकरणका लागि ३ करोड ८० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

‘उपशीर्षक हेर्दा हाम्रो मन्त्रालयमा अलि कमै कार्यक्रमहरू प्रस्ताव गरेका छौँ’ उनले भने औद्योगिक पूर्वाधार विकास कार्यक्रममा १ अर्ब ३२ करोड रुपैयाँको प्रस्ताव अलिकति ठूलो छ ।’

रणनीतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजनाका लागि २ अर्ब २३ करोड रुपैयाँ प्रस्ताव गरिएको सचिव राउतले बताए। नेपाल व्यापार एकीकृत रणनीतिअन्तर्गत विभिन्न मन्त्रालयमार्फत सञ्चालन हुने कार्यक्रमका लागि ३ करोड ५७ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

उद्योग विभागका लागि १ अर्ब ३६ करोड रुपैयाँ तथा खानी तथा भूगर्भ विभागका लागि १५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । खनिज अन्वेषण तथा विकास आयोजनाका लागि ४ करोड ११ लाख रुपैयाँ र पेट्रोलियम अन्वेषण परियोजनाका लागि २ करोड २९ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका लागि १ अर्ब ६५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । यसअन्तर्गत स्टार्टअप कर्जा कार्यक्रम, व्यवसाय संवद्र्धन सेवा तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन हुनेछन् । धौवादी फलाम कम्पनीका लागि डीपीआर तयारी कार्यमा ४६ करोड ९० लाख रुपैयाँ प्रस्ताव गरिएको सचिव राउतले जानकारी दिए ।

यसका अतिरिक्त गरिबी निवारणका लागि लघु उद्यम प्रवद्र्धन कार्यक्रम (मेडपा) अन्तर्गत करिव १ अर्ब रुपैयाँ बजेट स्थानीय तहमा सिधै जाने व्यवस्था रहेको पनि सचिव राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?