+
+
Shares

सरकारले भन्यो- उपत्यकाका हजार पसलमा ११० रुपैयाँ किलोमै चिनी पाइन्छ, अभाव छैन

अब उपभोक्ताले भाटभटेनी, बिग मार्ट, सेल्सबेरी सहित काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकिलो १ सय १० रुपैयाँमै सर्वसुलभ रूपमा चिनी खरिद गर्न सक्ने वाणिज्य विभागले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा प्रतिकिलो ११० रुपैयाँमा चिनी बिक्री-वितरण भइरहेको दाबी गरेको छ ।
  • विभागले बजारमा चिनीको अभाव नरहेको र सहज तथा पर्याप्त आपूर्ति भइरहेको जनाएको छ ।
  • प्रवक्ता अनिल किराँतीले उपभोक्ताले उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट चिनी खरिद गर्न सक्ने बताए ।

३१ भदौ, काठमाडौं  ।  चाडपर्वको मुखमा बजारमा चिनी अभाव भएको र महँगोमा किन बाध्य पारिएको भनेर उपभोक्ताले गुनासो  गरिरहेका बेला सरकारले सहज र पर्याप्त आपूर्ति भइरहेको दाबी गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा प्रतिकिलो १ सय १० रुपैयाँमा चिनी बिक्री–वितरण भइरहेको दाबी गरेको हो ।

१० भदौमा भोटेकोशी नदीमा आएको बाढी र पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा गएको पहिरोका कारण बाटो अवरुद्ध भएको र भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको कारण देखाउँदै बजारमा चिनी अभाव गराइएको र महँगोमा बेचिरहेको समाचार सार्वजनिक भएका थिए ।

तर, विभागले बजारमा चिनीको कुनै अभाव नरहेको दाबी गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा ३० भदौमा सरोकारवालाहरूसँग बसेको बैठकपछि सरकारले चिनीको सहज आपूर्ति व्यवस्था मिलाएको विभागले जनाएको छ ।

विभाग प्रवक्ता अनिल किराँतीले अब उपभोक्ताले भाटभटेनी, बिग मार्ट, सेल्सबेरी सहित काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकिलो १ सय १० रुपैयाँमै सर्वसुलभ रूपमा चिनी खरिद गर्न सक्ने बताए ।

साथै, बजारमा चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको हुँदा आत्तिनुपर्ने अवस्था नरहेको भन्दै आम उपभोक्तालाई अनावश्यक रूपमा चिनीको अधिक सञ्चय (होर्डिङ) नगर्न समेत विभागले विशेष अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?