+
+
Shares

ग्यास सिलिन्डर अनावश्यक मौज्दात राख्नेलाई आयल निगमले कारबाही गर्ने

अनावश्यक ग्यास मौज्दात नराख्न र यदि राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न गराउन सम्बद्ध सबैमा निगमले आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते २०:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले ग्यासको कृत्रिम अभाव सिर्जना गरी अनावश्यक मौज्दात राख्ने व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
  • निगमका अनुसार बजारमा ग्यासको आपूर्ति बढे पनि होटल र रेस्टुरेन्टले आवश्यकताभन्दा बढी सिलिन्डर लुकाएर राखेको अनुगमनका क्रममा पाइएको छ ।
  • निगमले मौज्दात राखिएका ग्यास तत्काल सर्वसाधारणलाई बिक्री गर्न आग्रह गर्दै अटेर गर्नेलाई प्रचलित कानून बमोजिम कडा कारबाही गर्ने जनाएको छ ।

२८ साउन, काठमाडौं । नेपाल आयल निगमले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी अनावश्यक मौज्दात राख्ने व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

निगमले बिहीबार सूचना जारी गर्दै ३१ असारदेखि बजारमा १४.२ किलोको भरी सिलिन्डर बिक्री वितरण भइरहेको र साविकभन्दा करिब २० प्रतिशत बढी ग्यास आयात र वितरण भइरहे पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज ग्यास नपाएको गुनासो बढेपछि ध्यानाकर्षण भएको बताएको छ ।

निगमको द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरी र जानकारीका आधारमा बजार अनुगमन गर्दा कतिपय होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेस लगायत व्यावसायिक प्रतिष्ठानहरूले आफ्नो आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखेको पाइएको सूचनामा उल्लेख छ ।

त्यसरी अनावश्यक ग्यास मौज्दात नराख्न र यदि राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न गराउन सम्बद्ध सबैमा निगमले आग्रह गरेको छ ।

साथै, निगमको यो सूचना अवज्ञा गरी कहीँ कतै ग्यास सिलिन्डर मौज्दात (लुकाएर) राखेको भेटिए प्रचलित कानुन बमोजिम कडा कारबाही हुने समेत निगमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?