+
+
Shares

अन्डाको मूल्यमा उच्च रेकर्ड

यसअघि ४ भदौमा तोकिएको मूल्य अनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ९० रहेकोमा अब ६ सय ५ रुपैयाँ पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी सबै प्रकारका अन्डाको फार्म समर्थन बिक्री मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ ।
  • नयाँ मूल्यअनुसार एक्सएल अन्डा प्रतिक्रेट ६ सय ५, ठूलो ५ सय ९० र मिडियम ५ सय ५० रुपैयाँ पुगेका छन् ।
  • संघले चितवनलाई आधार मानेर देशभरि मूल्य तय गरिएको र दाना, औषधि तथा ढुवानी खर्च बढेकाले समायोजन गरिएको जनाएको छ ।

१९ भदौ, काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्यमा पुन: वृद्धि गरेसँगै बजारमा अन्डाको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

आज शुक्रबारदेखि लागु हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि गरिएको छ ।

यो वृद्धिसँगै अन्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लागत मूल्यमा भएको वृद्धि र बजार माग सन्तुलनमा राख्न मूल्य समायोजन गर्नुपरेको संघको दाबी छ ।

यसअघि ४ भदौमा तोकिएको मूल्य अनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ रहेकोमा अहिले १५ रुपैयाँ बढेर ६ सय ५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी ठूलो अन्डा प्रतिक्रेट ५ सय ७५ बाट ५ सय ९० रुपैयाँ पुगेको छ भने मिडियम अन्डाको मूल्य ५ सय ३५ बाट ५ सय ५० रुपैयाँ कायम भएको छ ।

सानो अन्डाको हकमा भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत राखिएको छ । यो फार्म मूल्य हो । उपभोक्ता मूल्य भने २५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै मिडियम अन्डा दुई वटा खरिद गर्दा उपभोक्ताले ४५ रुपैयाँ (प्रति गोटा साढे २२ रुपैयाँ) भुक्तानी गर्नुपर्ने छ ।

संघ सचिव मदन पोखरेलका अनुसार चितवनलाई मुख्य आधार मानी यो मूल्य देशभरिका लागि तय गरिएको हो ।

पछिल्लो समय कुखुराको दाना, औषधि र ढुवानी खर्चमा भएको निरन्तरको मूल्य वृद्धिका कारण किसान मर्कामा परिरहेको संघले बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?