+
+
Shares

राज्यको प्रयासमा हातेमालो गरौं : महासंघ

महासंघले अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति सहज, नियमित र निर्वाध बनाउन र यथोचित तथा मूल्य स्थिर राख्नसमेत आह्वान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघले विपद्का कारण उत्पन्न असहज परिस्थितिमा राज्यको प्रयासमा हातेमालो गर्न निजी क्षेत्रलाई आह्वान गरेको छ ।
  • अध्यक्ष अञ्जन श्रेष्ठले खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा र अन्य अत्यावश्यक सामग्री प्रभावित परिवारसम्म पुर्‍याउन निजी क्षेत्रको सामर्थ्य परिचालन गर्न आग्रह गरेका छन् ।
  • महासंघले अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति सहज, नियमित र निर्वाध राख्न तथा उद्धार, राहत र पुनर्स्थापनामा सरकार र सरोकारवाला निकायसँग समन्वय गर्न तयार रहेको जनाएको छ ।

११ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विपद्का कारण उत्पन्न असहज परिस्थितिमा मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्व ध्यानमा राख्दै राज्यको प्रयासमा हातेमालो गर्न आह्वान गरेको छ ।

महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले अपिल सार्वजनिक गर्दै सम्भव भएसम्म खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री व्यवस्थापन गरी प्रभावित परिवारसम्म सुरक्षित पुर्‍याउन निजी क्षेत्रको सम्पूर्ण सामर्थ्य परिचालन गर्न आग्रह गरेका छन् ।

महासंघले अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति सहज, नियमित र निर्वाध बनाउन र यथोचित तथा मूल्य स्थिर राख्नसमेत आह्वान गरेको छ ।

उनले महासंघ मातहत सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा देशभरिका उद्योगी–व्यवसायीलाई विपद्को राष्ट्रिय घडीमा उद्धार र राहतमा जुट्न समेत अपिल गरेका छन् । सोही क्रममा स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गर्नसमेत भनिएको छ ।

महासंघ अध्यक्ष श्रेष्ठले महासंघ प्रभावित नागरिक, उद्योगी–व्यवसायी तथा स्थानीय समुदायको साथमा दृढतापूर्वक उभिएको समेत बताएका छन् ।

उद्धार, राहत तथा पुनर्स्थापनाको काममा सरकार, स्थानीय तह, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्न महासंघ तयार रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?