News Summary
Generated by OK AI. Editorially reviewed.- बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको २६औँ अधिवेशनबाट नरिश्वर शर्मा पौडेल अध्यक्षमा ८३३ मतसहित निर्वाचित भए ।
- वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी र महासचिवमा बसन्त ढकाल निर्वाचित भए ।
२७ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् ।
संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई पछि पार्दै पौडेल विजयी भएका हुन् ।
अध्यक्षमा पराजित पौडेल संघमा हाल वरिष्ठ उपाध्यक्ष थिए । पौडेलले ८३३ मत र गैरेले ६०१ मत पाए ।
संघका १८११ मतदातामध्ये १४६६ जनाले मतदान गरेका थिए । वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई ७२४ मत पाएर निर्वाचित हुंदा प्रतिस्पर्धी विमलराज भट्टराईले ६९८ मत पाए ।
उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ ७१२ मत पाएर निर्वाचित भए भने प्रतिस्पर्धी निर्मित कसजूले ६९३ मत पाए ।
वाणिज्य उपाध्यक्षमा ७१९ मत सहित मुक्तिप्रसाद अधिकारी निर्वाचित हुंदा प्रतिस्पर्धी बाबुराम विश्वकर्माले ७ सय मत पाए ।
महासचिवमा बसन्त ढकालले ७१४ मत पाएर निर्वाचित हुंदा प्रतिस्पर्धी जमुना पौडेलले ७०२ मत पाइन् । कोषाध्यक्षमा ७३८ मत पाएर टिकाराम बन्जाडे निर्वाचित हुंदा प्रतिस्पर्धी प्रतीक पोखरेलले ६७३ मत पाए ।
सचिवमा दिपकप्रसाद चापागाईं ७५२ मत पाएर निर्वाचित हुँदा काशिराम शर्मा पौडेलले ६८४ मत पाए ।
सह–कोषाध्यक्षमा कमला पोखरेल पराजुली ८६८ मत सहित निर्वाचित भइन् भने प्रतिस्पर्धी जाकिर हुसेनले ५४२ मत पाए ।
एसोसिएट सदस्यतर्फ बालकृष्ण पौडेल, उद्योग सदस्यहरुमा गोपाल टण्डन, लेखनाथ भण्डारी, सुनिता शर्मा बन्जाडे र ज्ञानबहादुर पुन निर्वाचित भए । ज्ञानबहादुर र दीपक बास्तोलाले समान ६५६ मत पाएपछि गोलाप्रथाबाट पुन विजयी भएका हुन् ।
वाणिज्य सदस्यहरुमा गणेशप्रसाद भट्टराई,रामबहादुर भण्डारी,सुनिता गिरी र उमेश अमात्य निर्वाचित भएका छन् ।
खुल्ला सदस्यमा विजयकुमार वर्णवाल, विष्णु घिमिरे पन्थ,विष्णुप्रसाद उपााध्याय, दीपक घिमिरे, गोपालप्रसाद बस्याल, प्रदीप शाक्य, महिला सदस्यमा मन्जु पुरी गिरी र रेनु श्रेष्ठ निर्वाचित भएका निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया 4