+
+
Shares

आफ्ना यन्त्र-उपकरण सहित खोज र उद्धारमा खटिन निर्माण व्यवसायी महासंघको आह्वान

महासंघ अध्यक्ष निकोलस पाण्डेले सबै निर्माण व्यवसायीलाई आफ्नो यन्त्र-उपकरण सहित क्रियाशील रहन आह्वान गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल निर्माण व्यवसायी महासंघले रसुवा, नुवाकोटलगायत बाढी प्रभावित जिल्लामा खोज तथा उद्धारका लागि आफ्ना यन्त्र-उपकरणसहित खटिन आह्वान गरेको छ।
  • महासंघ अध्यक्ष निकोलस पाण्डेले महाविपद्को सामना साझा दायित्व भएको भन्दै सबै निर्माण व्यवसायीलाई क्रियाशील रहन आग्रह गरे।
  • पाण्डेले घाइतेको उद्धार र स्वास्थ्य उपचारमा सरकारका निकायलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए।

११ भदौ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले रसुवा, नुवाकोट लगायत जिल्लाका बाढी प्रभावित नागरिकको खोज तथा उद्धारमा आफ्ना यन्त्र-उपकरण सहित खटिन आह्वान गरेको छ ।

महासंघ अध्यक्ष निकोलस पाण्डेले सबै निर्माण व्यवसायीलाई आफ्नो यन्त्र-उपकरण सहित क्रियाशील रहन आह्वान गरेका छन् । ‘महाविपद्को सामना कुनै एक व्यक्ति, संस्था वा सरकारको मात्र जिम्मेवारी होइन, यो साझा दायित्व पनि हो,’ उनले भने ।

उनले भयानक प्राकृतिक विपत्तिमा परी घाइते भएकाको उद्धार कार्य तथा स्वास्थ्य उपचार थप चुस्त बनाउन नेपाल सरकारका निकायले गरिरहेको प्रयासमा जस्तोसुकै सहयोग गर्नसमेत तयार रहेको बताए ।

विपत्तिमा परेका हजारौं नागरिकप्रतिको सच्चा सम्मान र एकताको वास्तविक परिचयका लागि समेत उद्धार तथा राहत कार्यलाई तीव्रता दिन महासंघले आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?