+
+
Shares

यातायात व्यवसायी र ट्राफिक प्रहरीको आह्वान : मापसे/लापसे गरी सवारी नचलाऔं

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो आह्वान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १४:२६

१४ जेठ, काठमाडौं । यातायात व्यवसायी र ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) गरी सवारी नचलाउन संयुक्त आह्वान गरेका छन् ।

मनसुनजन्य विपद्बाट जोगिन यातायात सेवा सञ्चालन सम्बन्धमा संयुक्त सूचना निकाल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो आह्वान गरेका हुन् ।

सूचना अनुसार सडकको अवस्थाबारे जानकारी लिन, सवारीसाधनको अवस्था दुरुस्त राख्न र मनसुन अवस्थाबारे जानकारी लिन र प्रहरीसँग समन्वय गर्नसमेत आह्वान गरिएको छ ।

क्षमताभन्दा बढी मानिस/मालसामान नबोक्न, यात्रु/मालसामानको विवरण दुरुस्त राख्न, सुरक्षित स्थानमा मात्र पार्किङ/विश्राम लिन पनि भनिएको छ ।

विपद्को समयमा व्यक्तिगत सञ्चार सही अवस्थामा राख्न, यात्रा गर्दा परिचय खुल्ने कागजपत्र साथमा लिन र यात्रा गर्दा मापसे तथा लापसे नगर्न भनिएको छ ।

मनसुनको समयमा यात्रा गर्दा सडक अवरुद्ध भई निश्चित समयमा गन्तव्य पुग्न नसक्ने अवस्था आउन सक्ने भन्दै पानी र ड्राइ फुड साथमा राख्न, बिरामी, अशक्त र वृद्ध अवस्थाका व्यक्तिले जरुरी कामबाहेक लामो दुरीको यात्रा नगर्न समेत आह्वान गरिएको छ ।

साथै, सार्वजनिक सवारीसाधनमा ड्यास क्यामरा, जीपीएस र लगेज ट्याग अनिवार्य गर्नसमेत आग्रह गरिएको छ भने प्रतिकूल मौसममा यात्रा नगर्न समेत सचेत गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?