News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को रिक्त सदस्य पदमा मनोनयनका लागि इच्छुक व्यक्तिबाट आवेदन आह्वान गरेको छ।
- योग्यता पुगेका व्यक्तिले मन्त्रालयको अनलाइन लिंक वा क्यूआर कोडमार्फत आगामी १४ साउनसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
- रोस्टरमा सूचीकृत भएका योग्य व्यक्तिमध्येबाटै नार्कको रिक्त सदस्य पदमा मनोनयन प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ।
५ साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को रिक्त सदस्य पदमा मनोनयनका लागि रोस्टर सूचीमा सूचीकृत हुन योग्य नेपालीबाट आवेदन आह्वान गरेको छ ।
मन्त्रालयका अनुसार योग्यता पुगेका इच्छुकले सूचनामा तोकिएको अनलाइन लिंक वा क्यूआर कोडमार्फत १४ साउनसम्म आवेदन दिन सक्नेछन् ।
यसरी रोस्टरमा सूचीकृत भएका योग्य व्यक्तिमध्येबाट नार्कको रिक्त सदस्य पदमा मनोनयन प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।
आवेदन सम्बन्धी विस्तृत जानकारी तथा प्रक्रिया मन्त्रालयको सूचनामा उल्लेख गरिएको अनलाइन फारम र क्यूआर कोडमार्फत प्राप्त गर्न सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4